प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलमा १२० केजी विषादीयुक्त बोडी नष्ट

बुटवल, बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो बोडीमा अत्यधिक विषादी प्रयोग गरिएको भेटिएपछि करिब १२० केजी बोडी नष्ट गरिएको छ।

बिज्ञापन

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवल ले आज बिहान बजारमा आएका तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा उच्च मात्रामा विषादी अवशेष फेला पारेको हो।

बिज्ञापन

प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिका सँग समन्वय गरी उक्त विषादीयुक्त बोडी डम्पिङ साइटमा लगेर नष्ट गरिएको हो। बजारमा दैनिक रूपमा आउने तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्ने कार्य नियमित रूपमा हुँदै आएको पनि जनाइएको छ।

बिज्ञापन

प्रयोगशालाका नायब प्राविधिक सहायक राजिब भण्डारी का अनुसार परीक्षणका क्रममा उक्त बोडीमा अर्गानोफस्फोरेट समूहको विषादी ९७।०६७ प्रतिशत ‘इनहिबिसन’ देखिएको थियो, जुन अत्यन्त जोखिमपूर्ण स्तर हो

प्राविधिकहरूका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही समय ‘क्वारेन्टाइन’मा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेका तरकारी अनिवार्य रूपमा नष्ट गरिने प्रावधान रहेको छ।

विशेषगरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी प्रयोग हुने र किसानले ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिने गरेको प्राविधिकहरूको भनाइ छ।

प्रकशित मिति : २५ चैत्र २०८२, बुधबार १५:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त