प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

उद्योगको समस्या समाधानको खोजीमा उद्योग संघ

बुटवल – रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने समस्या लगायतका विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल थालेको हो ।

बिज्ञापन

संघले अभियानको सुरुआत रूपन्देहीको मैनहियामा सञ्चालित नेपालकै सबैभन्दा ठूलो र एक मात्र फ्रेन्च फ्राइ उत्पादक उद्योग ‘फस्ट च्वाइस फुड्स प्रा।लि।’को अवलोकन गरेको छ । संघका पदाधिकारीहरूले उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ आपूर्ति, निर्यात अवस्था तथा सञ्चालनमा देखिएका समस्याबारे जानकारी लिएको हो ।

बिज्ञापन

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याका विषयमा संघले निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघको सहकार्यमा समस्या समाधानका लागि संघले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष पराजुलीले उद्योगीहरूलाई आफ्नो समस्या संस्थागत रूपमा संघमा जानकारी गराउन आग्रह गर्दै अधिकांश उद्योगका समस्या समान प्रकृतिका भएकाले सामूहिक रूपमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

बिज्ञापन

संघका महासचिव सुमन बस्यालले उद्योगीहरूको समस्या समाधानका लागि संघले अभियानकै रूपमा उद्योग भ्रमण सुरु गरेको बताउनुभयो । विशेषगरी निर्यातजन्य उद्योगहरूले भोगिरहेका नीतिगत समस्या समाधानका लागि संघले संस्थागत पहल गर्ने उल्लेख गर्नुभयो । उद्योग क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उहाँकोे भनाइ थियो ।

उद्योगका सञ्चालक कृष्ण प्रसाद पौडेलले आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गरिएको बताउनुभयो । उहाँले उद्योगमा हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिनुभयो । निर्यातमा कानुनी जटिलता रहेको उल्लेख गर्दै वहाको आलु उत्पादन वृद्धि गर्न सरकारी नीति कमजोर रहेको गुनासो गर्नुभयो । उद्योगले किसानलाई बजारको ग्यारेन्टी दिन बजार मूल्यभन्दा बढी मूल्यमा आलु खरिद गरिरहेको समेत बताउनुभयो ।

उद्योगका प्रवन्धक लक्ष्मी पौडेलले विश्व बजारमा प्रवेश गरेपछि उत्पादनको सम्भावना बढेको बताउनुभयो तर, निर्यातमा देखिएका कानुनी जटिलता सहज बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । खुल्ला सिमानाका कारण कम गुणस्तरका भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या भएकाले सम्वन्धित निकायको ध्यान जानुपर्ने उहाँले बताउनुभयोे ।

रूपन्देही क्षेत्र आलु उत्पादनका लागि निकै उपयुक्त माटो रहेको उल्लेख गर्दै किसानलाई बजारको ग्यारेन्टीबारे थप जानकारी गराउन आवश्यक रहेको समेत उहाँले बताउनुभयो । ठूलो परिमाणमा उत्पादन वृद्धि गर्न किसान, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उहाँकोे भनाइ थियो । गुणस्तरलाई विशेष ध्यान दिँदै उद्योग सञ्चालन गरिएको बताउँदै उहाँले कृषक,उद्योग र राज्यको सामुहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयोे ।

संघले आगामी दिनमा अन्य समस्यामा परेका उद्योगहरूको पनि भ्रमण गर्दै उद्योग क्षेत्रका साझा समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने योगदान तय गरेको छ । उद्योग क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको संघको निष्कर्ष रहेको छ ।

प्रकशित मिति : २५ चैत्र २०८२, बुधबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त