प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’ अभियान : कारबाहीमा पर्ने अधिकांश २५ वर्ष मुनिका युवा

बुटवल । बुटवल बजारलाई शान्त राख्न प्रहरीले सञ्चालन गरेको अपरेशन साइलेन्ट स्ट्रिट अभियान अन्तरतग यहाँ सञ्चालनमा रहेका मोटरसाइकल ग्यारेजहरुमा सचेना सुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवका अनुसार स्वरुप परिवर्तन गरिएका ठूलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिने अभियानपछि अब ग्यारेजहरुमा समेत निगरानी बढाएर सचेत गराइएको छ ।

बिज्ञापन

विशेष गरी रातको समयमा मोटरसाइकलको आवाज ठूलो बनाएर पड्काउँदै हिड्नेहरु, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सडकमा विभिन्न स्टन्ड गर्ने गतिविधिलाई नियन्त्रण गर्नका लागि प्रहरीले साइलेन्ट स्ट्रिट अभियान सञ्चालन गरेको हो । प्रहरीले शनिबारदेखि सञ्चालन गरेको यस अभियानमा ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रनाउ श्रीवास्तवले बताए । बुटवलको कालिका पथ, सुख्खानगर, राजमार्ग चौराह, गोलपार्क, बुद्धनर, बेलबासको बदेलपोखरी लगायतका क्षेत्रमा प्रहरीले अभियान सञ्चालन गरेको थियो ।

बिज्ञापन

प्रहरीले यो अभिना अन्तरगत मँगलबार बुटवला सञ्चालित आधा दर्जन बढी ग्यारेजहरुमा पुगेर मोटरसाइकलको स्वरुप परिवर्तन गराउने कार्यलाई निरुत्साहित गरेको छ । यदी कानून विपरित गरेको पाइएमा ग्यारेज सञ्चालकहरुलाई समेत कडा कानूनी कारबाही गरिने उनले चेतावनी दिए । प्रहरीको अभियानपछि स्वरुप रिवर्तन गरिएका मोटरसाइकलहरुलाई सामान्य अवस्थामै परिवर्तन गर्नका लागि ग्यारेजहरुमा आउने गरेको पाइएको उनले बताए ।

बिज्ञापन

प्रहरीले ४ दिनको अभियानमा पक्राउ गरेका मोटरसाइकल चालकहरु अधिकांश २५ वर्ष मुनिका युवाहरु रहेको पाइएको छ । सडक दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नित्रणका लागि यो अभियान सफल हुने प्रहरीले बताको छ । बुटवलमा यसअघि पनि पटक–पटक यस्ता अभियानहरु सञ्चालन गरिएका थिए । यद्यपि प्रहरीको निगरानी कम हुँदै गएपछि पुनः यो समस्या दिनप्रतिदिन थपिँदै गएको थियो । बुटवललाई शान्त र मर्यादित पर्यटकीय शहरको रुपमा बिकास गर्नका लागि प्रहरीले अन्य क्षेत्रहरुमा समेत विशेष अभियान सञ्चालनको तयारीमा रहेको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताए ।

प्रकशित मिति : २५ चैत्र २०८२, बुधबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त