प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

गोलपार्कमा सार्वजनिक शौचालयको उदघाटन र हस्तान्तरण

बुटवल – बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । इनरह्विल क्लब अफ बुटवल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको सार्वजनिक शौचालयको  मंगलबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

बिज्ञापन

यात्रुलाई लक्षित गरी निर्माण गरिएको सार्वजनिक शौचालयको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । बुटवल उपमहानगरपालिकाले क्लबहरुको सहकार्यमा मानिसहरुको बढि भिड हुने स्थानहरुमा सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकता दिएको प्रमुख पाण्डेले बताउनु भयो ।

बिज्ञापन

शिलान्याश भएको ४ महिनामा शौचालय निर्माण सम्पन्न गरी वडा नं. ३ को कार्यालयलाई रेखदेख तथा सरसफाइको लागि हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बुलबुल श्रेष्ठले जानकारी दिनुभयो ।

बिज्ञापन

शौचालय करिब ११ लाख लागतमा निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकालले सार्वजनिक शौचालयको सरसफाइमा सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष बसुन्धरा कसजुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा बुटवल वडा नम्बर ६ का वडा अध्यक्ष हरि श्रेष्ठ , बुटवल ३ का वडा सदस्यहरु पवित्रा श्रेष्ठ , अमृत खड्का , क्लवका पूर्व अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियोे ।

क्लबका पूर्व अध्यक्ष कार्यक्रम संयाेजक यमुना श्रेष्ठले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन सचिव गंगा श्रेष्ठले गर्नुभएको थियो ।

प्रकशित मिति : २४ चैत्र २०८२, मंगलवार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त