प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मायादेवीको सुण्डी माविमा भैँसी पुरस्कार

सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका(४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास सुरु गरेको छ । यहाँका जेहेन्दार विद्यार्थीले पुरस्कारस्वरूप प्रमाणपत्र मात्र होइन, आर्थिक उपार्जनकालागि सहयोगी हुने भैँसी प्राप्त गर्छन् ।

बिज्ञापन

यो सुन्दा सुरुमा अचम्म लाग्न सक्छ, तर विद्यालयको यो कार्यक्रमले विद्यार्थीको शैक्षिकस्तर सुधार्नुका साथै धेरै परिवारलाई आयको आधार बनेको छ । कक्षा ११ मा अध्ययनरत शिव कुमार यादव यस वर्ष भैँसी पुरस्कार पाउने विद्यार्थीमध्ये एक हुन् । उनका लागि यो भैँसी केवल उपहार मात्र होइन, उच्च शिक्षाका लागि खर्च जुटाउने एउटा भरपर्दो स्रोत बनेको छ । यो भैँसीबाट हुने आम्दानीले मेरो पढाइ खर्च धान्न ठूलो मद्दत पुग्नेछ, उत्साहित हुँदै शिवले भने । उनीजस्तै अन्य विद्यार्थीहरूमा पनि अहिले पढाइप्रतिको लगाव ह्वात्तै बढेको छ ।

बिज्ञापन

विद्यालयको यो योजनाले विद्यार्थीमा जिम्मेवारीबोध मात्र गराएको छैन, भविष्यप्रति आशावादीसमेत बनाएको छ । किन रोजियो त भैँसी पुरस्कार रु दक्षिणी रुपन्देहीका अधिकांश परिवारको मुख्य पेसा कृषि र पशुपालन हो । आर्थिक अभावकै कारण बीचमै पढाइ छोड्ने दर यहाँको ठूलो चुनौती थियो । विद्यालयका अनुसार, विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञान र प्रशंसा मात्र पर्याप्त थिएन, उनीहरूको पढाइलाई निरन्तरता दिने ठोस आधार चाहिएको थियो ।

बिज्ञापन

हामीले शिक्षालाई जीवन र जीविकोपार्जनसँग जोड्न खोजेका हौँ, विद्यालयका प्रधानाध्यापक केशव पौडेल भन्छन्, भैँसी पुरस्कारले विद्यार्थीलाई पढाइमा टिकाउन र अभिभावकलाई शिक्षाप्रति सकारात्मक बनाउन राम्रो काम गरेको छ । यो कार्यक्रम सुरु भएपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको छ । आर्थिक कारणले विद्यालय छोड्ने विद्यार्थीहरूको संख्या कम हुँदै गएको छ । भैँसी पाउने लक्ष्य सहित विद्यार्थीहरूबीच कक्षामा उपस्थित हुने र उत्कृष्ट नतिजा ल्याउने प्रतिस्पर्धा बढेको छ । पहिले छोराछोरीलाई खेतबारीको काममा लगाउने अभिभावकहरू अहिले उनीहरूको पढाइमा लगानी र समय दिन थालेका छन् ।

भैँसी पुरस्कार पाउनु त्यति सजिलो भने छैन । विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्छ । विद्यार्थीहरू समूहगत रूपमा सहभागी हुन्छन् र आफ्नो विश्लेषणात्मक क्षमता प्रदर्शन गर्छन् । उत्कृष्ट हुने पहिलो र दोस्रो समूहका विद्यार्थीलाई भैँसी प्रदान गरिन्छ भने अन्य सहभागीलाई प्रोत्साहित गर्न नगद पुरस्कार दिने व्यवस्था छ । यो अभियानलाई सफल बनाउन दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनको संस्थाले सहयोग गर्दै आएको छ । उनको यो निरन्तर सहयोगले नै विद्यालयले अहिलेसम्म ५१ वटा भैँसी वितरण गरिसकेको छ, जसमध्ये यसै वर्ष मात्रै १० वटा वितरण गरिएको छ ।

यहीँ पुरस्कार वितरण गर्न हरेक वर्ष उम् होङ गिल दक्षिण कोरियाबाट आफ्ना सहयोगी सहित हरेक वर्ष आउने गरेका छन् । आफूले सहयोग गरेको पुरस्कार उपयोगी भएको देख्दा उनी दंग छन् । सुण्डी माध्यमिक विद्यालयको यो अभ्यासले एउटा महत्वपूर्ण पाठ सिकाएको छ, शिक्षा जब मानिसको आधारभूत आवश्यकता र आम्दानीसँग जोडिन्छ, तब मात्र त्यसले समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । यो नमुना कार्यक्रम अन्य ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि पनि एउटा उत्कृष्ट सिकाइ हुन सक्छ ।

प्रकशित मिति : २३ चैत्र २०८२, सोमबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले बढ्यो
ताजा खबर
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह