बुटवल – सिर्जनानगर योग साधना केन्द्रद्वारा आयोजित विशेष योग साधना शिविर सम्पन्न भएको छ। रूपन्देहीको बुटवल–११, नहरपुरस्थित सिर्जनानगर खानेपानी सभाहलमा हनुमान जयन्तीको अवसरमा योगमार्फत मानव जीवनलाई उज्यालो, सन्तुलित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा। प्रकाश पाण्डे ,विशिष्ट अतिथि पथिक फाउन्डेसन, रुपन्देहीका संयोजक माधव प्रसाद पौडेल , पतञ्जली योग समिति नेपाल लुम्बिनी प्रदेश संगठन प्रमुख खिम बहादुर तरामु , बसन्ता गैरे, विष्णु प्रसाद पौडेल, कुसुमराज फुल्लेल, चन्द्रबहादुर घर्ती मगर, निर्मला श्रेष्ठ, राधिका गलामी, राधिका खत्री तिला बुढाथोकीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता संयोजक बलबहादुर सेन्चुरीज्यूले गर्नुभएको थियो भने सञ्चालन सुमित्रा चापागाईं अधिकारीले गर्नुभएको थियो।
कार्यक्रमको आरम्भ दीप प्रज्वलन, आरती तथा पवित्र सङ्कल्पबाट भएको थियो। विष्णुप्रसाद पौडेलद्वारा शङ्खनादले गरिएको कार्यक्रममा उपाध्यक्ष कमला चापागाईंले स्वागत गर्नुभएको थियो ।
योगले मानव जीवनलाई उज्यालो बनाउने भन्दै हनुमान जयन्तीको अवसरमा कार्यक्रम गरिएको योग साधना केन्द्रका सचिव मनोज कुमार मण्डलले बताउनुभयो ।
कार्यक्रम संयोजक बलबहादुर सेन्चुरीले सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता आध्यात्मिक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सोही अवसरमा जो सुकै व्यक्तिले आफ्नो स्वइच्छाले केन्द्रमा रकम सहयोग गर्न सक्ने भन्दै समाजसेवी,स्वास्थ्यकर्मी शिवशक्ति फ्लोर मिलका सञ्चालक प्रदिप अधिकारीले सिर्जनानगर योग साधना केन्द्रलाई दानपेटीका आज प्रदान गर्नुभएको छ। उहाँले यस योग साधना केन्द्रलाई अतुलनीय योगदान पुर्याउनु भएको छ।