प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

पीएम कप :सन्दीपले ७ विकेट लिएपछि बागमतीको दोस्रो जीत

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

बिज्ञापन

जनकपुरमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले हरायो । जनकपुरमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णालीले २५ ओभर १ बलमा १२० रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका निश्चल रावलले ३१, दिनेश अधिकारीले २२ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए ।

बिज्ञापन

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ३८ ओभर ४ बलमा १८० रन बनाउँदा सबै विकेट गुमायो । बागमतीका विवेक मगरले ५६ रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए । प्रतियोगितामा बागमतीको यो दोस्रो जीत हो ।

बिज्ञापन

बागमती ५ खेलमा ४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ ।

यस्तै वीरगञ्जमा भएको खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले हरायो । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ विकेट गुमाएर १४ रन बनायो । १५ रनको लक्ष्य पछ्याएको एपीएफले १ विकेट गुमाएर ६ रनमात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । एपीएफका अभिषेक गौतमले २८ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए ।

एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४ ओभरमा सबै विकेट गुमाएर १२४ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए ।

यो जीतसँगै लुम्बिनी ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एपीएफ ५ खेलमा ३ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकशित मिति : १८ चैत्र २०८२, बुधबार १६:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त