प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

पीएम कप : गण्डकीसँग एपीएफ पराजित, कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा आर्मी विजयी

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

बिज्ञापन

तल्लो मूलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ४७ रनले हरायो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपीएफले १८ ओभर ३ बलमा १०७ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सुमित महर्जनले २२ रन बनाए । गण्डकीका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले ३र३ विकेट लिए ।

बिज्ञापन

वर्षाका कारण २१ ओभरमा घटाइएको खेलमा यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर १५० रन बनायो । गण्डकीका गौरव विकेले ३७, दीपक डुम्रेले ३४ रन बनाए । एपीएफका अविनाश बोहराले ३ विकेट लिए । प्रतियोगितामा एपीएफको यो दोस्रो हार हो भने गण्डकीको यो पहिलो जीत हो ।

बिज्ञापन

यस्तै मूलपानी मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ३ विकेटले हरायो । बागमतीले दिएको २०९ रनको लक्ष्य आर्मीले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले ५८ बलमा नटआउट ९० रन, तृतराज दासले ५४ रन बनाए । बागमतीका ईशान पाण्डे र विवेक मगरले २र२ विकेट लिए ।

वर्षाका कारण २८ ओभरमा घटाइएको खेलमा यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ७ विकेट गुमाएर २०८ रन बनायो । बागमतीका आशुतोष घिरैयाले ३८, पवन थापाले ३५ रन बनाए । आर्मीका नरेन साउदले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो तेस्रो जीत हो भने बागमतीको तेस्रो हार हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकशित मिति : १५ चैत्र २०८२, आईतवार १९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त