प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलको महामेलाको असर , राति अबेरसम्मको होहल्लाले स्थानीय र विद्यार्थी मर्कामा

बुटवल – बुटवलमा चैत १ गतेदेखि सुरु भएको २४ दिने ‘महामेला’ स्थानीय बासिन्दा र विद्यार्थीका लागि मनोरञ्जनभन्दा बढी सास्तीको विषय बनेको छ ।

बिज्ञापन

आयोजकले तोकिएको समय सीमा र मापदण्ड पालना नगर्दा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । हाल विद्यालयहरूको वार्षिक परीक्षा चलिरहेको छ भने माध्यमिक शिक्षा परीक्षा (एसइई) समेत नजिकिँदै छ ।

बिज्ञापन

यस्तो संवेदनशील समयमा मेलाबाट निस्कने ठूलो आवाज र राति अबेरसम्म हुने होहल्लाले बालबालिकाको पढाइमा गम्भीर बाधा पुगेको छ । “परीक्षाको तयारी गर्नुपर्ने बेला बाहिरको चर्को म्युजिकले एकाग्र हुन सकिएको छैन,“ एक स्थानीय अभिभावकले गुनासो गरे ।

बिज्ञापन

मेला आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले जिल्ला प्रशासन कार्यालयबाट राति ९ बजेसम्म मात्र मेला सञ्चालन गर्ने अनुमति लिएको थियो । तर, व्यवहारमा मेला राति साढे ११ बजेसम्म निर्वाध चलिरहेको छ । राति अबेरसम्म मेला चल्दा ध्वनि प्रदूषण मात्र नभई क्षेत्रको शान्ति सुरक्षामा समेत चुनौती थपिएको छ । मध्यरातसम्म हुने मानिसहरूको आवतजावत र होहल्लाले स्थानीय सुरक्षा व्यवस्थालाई समेत प्रभावित पारेको छ ।

आशातीत सफलता पाउन नसकेको यस मेलामा दर्शकहरूको उपस्थिति निकै न्यून देखिएको छ । त्यसमाथि पछिल्लो समय चलेको हावाहुरीको वितण्डाले मेलाको पूर्वाधारमा क्षति पु¥याउनुका साथै कार्यक्रमलाई फितलो बनाएको छ ।मेलामा प्रस्तुति दिन आएका कलाकारहरू र अवलोकनका लागि पुगेका थोरै सङ्ख्याका दर्शकहरू समेत फितलो व्यवस्थापन र प्रतिकूल मौसमका कारण निराश बनेका छन् ।

मेला उद्घाटन भएको अर्को दिन सोमबार दिउँसो आएको हावाहुरी र वर्षाले महामेलामा क्षति पु¥याएपछि सोमबार दिउँसोदेखि मंगलबार दिउँसोसम्म मेला रोकिएको थियो । मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहेका छन् । तर अपेक्षित दर्शकहरू नआएका कारण स्टलधननीहरू समेत निराश बनेका छन् ।

“सोंचे अनुसार व्यापार नहुँदा निराश तुल्याएको छ, अपेक्षित दर्शक सहभागिता देखिएको छैन”– एक स्टल धनीले भने ।बढ्दो जनगुनासोपछि प्रशासनले यस विषयमा चासो देखाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बालबालिकाको भविष्य र परीक्षालाई ध्यानमा राख्दै मेलाको समय र ध्वनि नियन्त्रणमा कडाइ गरिने बताउनुभयो। ‘बालबालिकाको पढाइ प्रभावित हुने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन, हामी यसलाई नियन्त्रण गर्छौँ,’ उहाँले भन्नुभयो । बजारको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले आयोजना गरिए पनि नियमको पालना नहुँदा ‘महामेला’ अहिले आलोचनाको घेरामा परेको छ ।

प्रकशित मिति : ११ चैत्र २०८२, बुधबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त