प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलमा फोहोर बाट इट्टा बनाइदै

बुटवल । देशभर फोहोर व्यवस्थापनको चुनौती बनिरहेको बेला बुटवलमा भने फोहोरबाट इट्टा बनाइने भएको छ ।

बिज्ञापन

बुटवल उपमहानगरपालिका, युएनडिपी, कोको कोला फाउण्डेशन तथा वडा नं। ७ र ८ र शिवनगर सामुदायिक वन उपभोक्ता समितिको संयुक्त सहकार्यमा बुटवलको शिवनगरमा फोहोर प्रशोधन गरी इँटा उत्पादन गर्ने कार्य सुरु भएको हो ।

बिज्ञापन

मंगलबार मटेरियल रिकभरी फेसिलिटी ९साम्रगी परिपूर्ति सुविधा० को बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, युएनडिपिका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलिष्न शेभिलियार्डले एक कार्यक्रमका बीच उद्धघाटन गरे ।

बिज्ञापन

सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सुरुवाती चरणमा बुटवलको ७ र ८ वडाको फोहोर संकलन गरेर प्रशोधन गरिने बताए । फोहोरलाई प्रशोधन गर्दा बुटवलको वातावरण स्वच्छ, सफा र आकर्षक हुनुका साथै यसबाट रोजगारीको अवसर समेत सृजना हुने प्रमुख पाण्डेले बताए ।

‘दुई वडाको फोहोर प्रशोधन गर्ने क्रममा मात्रै ३६ जनाले प्रत्यक्ष रोजगारी पाएको पाएका छन् । प्रशोधन बुटवलका १९ वटाको गर्ने योजना रहेको छ, सबै वडाको फोहोर प्रशोधन गर्दा झण्डै ४ सय जनाले रोजगारी पनि पाउँछन्,’ उनले भने ।

युएनडिपिका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलिष्न शेभिलियाडर्लले आफुहरु आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताउँदै सबैको सहकार्यमा मात्रै वातावरणलाई स्वच्छ राख्न सकिने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्याल, पूर्व नगरप्रमुख शिवराज सुवेदी, कोका कोला फाउन्डेशनका सिनियर डारेक्टर जेफ्रि ग्यारी डयान्बी, कोका कोलाका इन्डिया डारेक्टर आदित्य पाण्डा, रिजनल प्राइभेट सेक्टर पार्टनरशिप स्पेशलिस्ट रुची मोहन्ती, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रकशित मिति : ११ चैत्र २०८२, बुधबार ०५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त