प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवल ८ मा तिनदिने बाध्यवादन प्रशिक्षण सुरु

बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा तिनदिने बाध्यवादन प्रशिक्षण सुरु भएको छ । साँस्कृतिक पहिचानलाई कायम राख्न सामाजिक रुपान्तरणका लागि सहकार्य नामक संस्थाको आयोजनामा तालिम सुरु भएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले महिलाहरूलाई केही भए पनि सीप प्रदान गर्नका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

बिज्ञापन

वडा नम्बर ८ का विभिन्न टोलका करिब ३० जना महिलाहरु बाध्यवादनअन्तर्गत मादल , खैजडी र मजुरा बजाउन सिकिरहेका छन् । तालिममा विजय सापकोटा , नरमाया भुसाल र राधा भुसाल प्रशिक्षकको रुपमा रहनुभएको छ ।

बिज्ञापन

संस्थाका अध्यक्ष वामदेव क्षेत्रीले साँस्कृतिक पहिचानलाई कायम राख्न र भजन किर्तन पूजा आजामा महिलाहरूलाई सहज होस् र थोरै भएपनि राहत पुगोस् भन्ने कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।

बिज्ञापन

भजन किर्तन , पूजा आजामा प्राय महिलाहरु नै मादल , खैजडी , मजुरा बनाउँछन् । कत्तिले सिकेरै बजाउँछन् भने कतिपयले नसिकेरै पनि बजाउँछन् । थोरै भएपनि सैद्धान्तिक ज्ञान प्रदान गर्दै बजाइलाई व्यवस्थित बनाउन तालिम प्रदान गरिएको संस्थाका व्यवस्थापक राम प्रसाद बिकले बताउनुहुन्छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा तालिम तीन दिनसम्म सञ्चालन हुने । यस तालिमबाट वडाका महिलाहरुले केही मात्रामा सीप प्राप्त गर्ने वडा कार्यालयको अपेक्षा छ ।

प्रकशित मिति : १० चैत्र २०८२, मंगलवार २२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त