प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

फोहोरलाई वर्गीकरण गर्न सिद्धार्थनगर नगरपालिकाद्वारा आग्रह

रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोर मैला व्यवस्थापनका लागि फोहोर मैला वर्गीकरण भएपश्चात् मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले नगरवासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटेल, निजी घर, सङ्घ–संस्था र विद्यालयलगायतबाट उत्पादन हुने फोहोरहरू वर्गीकरण गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो ।

बिज्ञापन

नगरपालिकाले कुहिने जैविक फोहोर घरेलु फोहोर मैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पतिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरू, नकुहिने (अजैविक) फोहोरस् प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरूका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरू तथा नकुहिने (अजैविक) फोहोर सिसा, काँच, धातु, टिनलगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

बिज्ञापन

उल्लिखित प्रकृतिका फोहोरहरू वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोर मैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैँले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोर मैला जथाभावी सडक पेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानुनबमोजिम न्यूनतम रु पाँच हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्नेछ ।

विक्रम संवत् २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर सङ्कलन नहुने हुँदा सम्पूर्ण नगरवासी, होटेलरपसल व्यवसायीहरु, विद्यालय र विभिन्न सङ्घ–संस्थाहरूले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्नुहुन सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । सिद्धार्थनगर नगरपालिकामा १३ वटा वडा छन् ।

प्रकशित मिति : ५ चैत्र २०८२, बिहीबार १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त