प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ

बुटवल – उपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरले प्रदान गर्ने सेवा प्रवाहका बारेमा बुटवल ७ नन्दिनी गौशालामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न वडाका स्थानीय सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य खानेपानी ,सरसफाइ,विद्युतका पोलको समस्याहरु रहेको बताएका छन । शुद्ध खानेपानी खान नपाएको , फोहोरमैलाको उचित व्यवस्थापन नभएको,लागूपदार्थ दुर्व्यसनीले समाज अशान्त भएको र युवाहरू दुर्व्यसनीमा फस्ने गरेको तर त्यसतर्फ नगरको खासै चासो नपुगेको गुनासो गरे । त्यस्तै खोला खोल्सी नालाहरुको उचित व्यवस्थापन हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

बिज्ञापन

सेवाग्राहीहरुले नगरपालिकामा करका विषयमा र अन्य विद्युत खानेपानी, अस्पतालमा छिटो छरितोरुपबाट अझै पनि सेवा लिन नसकेको बताएका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बुटवल र बस्न योग्य बुटवल बनाउनका लागि आफूहरुले योजनाका साथ काम अघि बढाएको दावी गर्नुभयो । समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल शहर भन्ने नाराका साथ आफूहरुले सक्दो प्रयास गरेर नीति तथा योजना र त्यही अनुसारको बजेट ल्याएको उहाँको दावी थियो । ३ तहका सरकारमध्ये स्थानीय सरकार नागरिकको सरकार भएको बताउँदै पाण्डेले धेरै उत्कृष्ट र दीर्घकालीन कामहरु सम्पन्न भएको बताउँदै बाँकी रहेको अधुरा कामहरु सम्पन्न गर्नेतर्फ ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।

बिज्ञापन

बिज्ञापन

त्यस्तै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगर पालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमलाई जोडेर बुटवलको विकासमा निरन्तर लागिरहेको बताउँदै नगरबासीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनीधि शुरेश भण्डारी, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख दिपेश बस्यालले नागरिकलाई सेवा प्रवाहमा सहज हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै राजनीतिक दलको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल समिति अध्यक्ष लक्ष्मण श्रेष्ठ ,राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका प्रतिनिधि नरेन्द्र पाण्डेले नगरको विकासका काममा सहयोग गर्ने बताएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु , सुरक्षा क्षेत्रका प्रतिनिधि वडा अध्यक्ष, जनप्रतिनिधि, टोल विकास समितिका अध्यक्ष ,सर्वसाधारण नागरिकहरुको तथा नगरपालिकाका शाखा प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सार्वजनिक सुनुवाइका लागि तयार पारिएको प्रतिवेदन रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारीले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन रेडियोका समाचार प्रमुख अस्मिना पाण्डेले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो मुक्ति बुटवलले गरेको थियो।

प्रकशित मिति : ३० फाल्गुन २०८२, शनिबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त