प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

तिलोत्तमा १ मा मादल बजाउने तथा झोला बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा वडा नम्बर १ मा आयमूलक तालिमअन्तर्गत मादल बजाउने तथा झोला बनाउने प्रशिक्षण सम्पन्न भएको छ । वडा नम्बर १ का महिलाहरुको सहभागितामा वडा कार्यालयको आयोजनामा १५ दिने प्रशिक्षण सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले तालिमहरु धेरै भएको बताउँदै त्यी तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उपप्रमुख चौधरीले नगर सधै रोजगारी सृजना गर्नेतर्फ अग्रसर रहेको बताउँदै रोजगारीमार्फत महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याई लैंगिक हिंसाका घटना न्यूनीकरण हुने बताउनुभयो ।

बिज्ञापन

वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम गरेको बताउनुभयो । अध्यक्ष गिरीले प्रशिक्षणले महिलाहरुलाई उद्यमी बनाउने अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रशिक्षक रञ्जित भण्डारीले तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

बिज्ञापन

वडा सदस्य हिरादेवी बिकले आफूले सिकेका कुरा अरुलाई पनि सिकाउन र पुरुषले मात्रै गर्न भनिएको काम महिलाले पनि गर्न सक्छन् भन्दै यो तालिम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गितादेवी न्यौपाने , विष्णुप्रसाद पाण्डे , टोल विकास सञ्जाल अध्यक्ष टोपलाल भण्डारी , नमस्ते बाल बचाऊका अध्यक्ष जगन्नाथ बस्याललगायतको उपस्थिति रहेको सचिव हेमलाल न्यौपानेले बताउनुभएको थियो ।

झोला बनाउने तालिममा विभिन्न ७ प्रकारका झोलाहरु बनाउन सिकाइको प्रशिक्षक अनु कुमारी कुमालले बताउनुभयो । तालिममम स्कुल ब्याग , सपिङ ब्याग , अफिस ब्याग , साइड मनि ब्याग , ल्यापटप ब्याग बनाउन सिकाइएको थियो । दुबै तालिममा करिब ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले तालिम प्रभावकारी भएको र तालिमलाई व्यवसायिक बनाउने प्रतिवद्धता जनाएका छन् ।

प्रकशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त