प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

उन्नत गहुँ खेती प्रविधि सम्बन्धी एक हप्ते तालिम सञ्चालन

भैरहवा-रुपन्देहीमा किसानलाई लक्षित गर्दै उन्नत गहुँ खेती प्रविधि सम्बन्धी एक हप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत भैरहवामा सुरु भएको तालिममा विभिन्न जिल्लाका २५ जना किसान सहभागी भएका छन् । अनुसन्धानबाट विकास भएका नयाँ गहुँका जात किसानसम्म प्रभावकारी रूपमा नपुग्दा उत्पादन अपेक्षाअनुसार बढ्न नसकेको भन्दै कार्यक्रम सञ्चालन गरिएको हो ।

बिज्ञापन

तालिममा किसानहरूलाई जलवायु परिवर्तनको असर सहन सक्ने उन्नत जातबारे जानकारी दिइँदैछ । भौगोलिक क्षेत्र, माटोको अवस्था र सिँचाइ सुविधाअनुसार उपयुक्त जात छनोट गर्ने तरिका सिकाइँदैछ । सन्तुलित मलको प्रयोग, रोग र किरा पहिचान तथा नियन्त्रणका उपायसमेत तालिममा सिकाइने छ ।

बिज्ञापन

नेपालमा पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास भइसकेका छन् । हाल थप चार वटा जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सूचीबाट हटाइएका छन् । तर पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै किसान अझै पुराना र कम उत्पादन दिने जातमै निर्भर छन् । विज्ञहरूका अनुसार पुराना जात प्रयोग गर्दा उत्पादन घट्नुका साथै रोग र किराको प्रकोप बढ्ने गरेको छ ।

बिज्ञापन

नयाँ जात उत्पादन र उत्पादकत्व बढी दिने, रोग प्रतिरोधी र बदलिँदो जलवायु अनुकूल हुने गरी विकास गरिएका छन् । हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको छ । यद्यपि आन्तरिक माग पूरा गर्न नसक्दा करिब ४ लाख मेट्रिक टन गहुँ आयात गर्नुपर्ने अवस्था छ ।

उन्नत बीउको पहुँच विस्तार, सिँचाइ व्यवस्थापन र आधुनिक खेती प्रविधिको प्रभावकारी कार्यान्वयन गर्न सके देश गहुँ उत्पादनमा आत्मनिर्भर बन्न सक्ने विज्ञहरूको भनाइ छ । तालिमपछि सहभागी किसानले आफ्ना समुदायमा समेत सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रकशित मिति : ६ फाल्गुन २०८२, बुधबार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त