प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

स्कुल गट ट्यालेन्ट २०८२ को उपाधि अक्सफोर्डका अंकितलाई

बुटवल-स्कुल गट ट्यालेन्ट २०८२ को उपाधि अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलका अंकित गौतमले जितेका छन् । फाइनल राउन्डमा पुगेका ८ जना प्रतिष्पर्धीलाई पछाडि पार्दै गौतमले उपाधिसँगै नगद रु ५५०००, मेडल, शिल्ड हात पारेका हुन् । साथै श्रीनगर फिल्मस प्रालि बुटवलबाट निर्माण हुने म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन् ।

बिज्ञापन

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलको आयोजनामा भएको कार्यक्रममा ग्लोरी स्कुलकी अध्यता भण्डारी फस्ट रनर अप हुँदै रु ३५००० नगद पुरस्कारका साथै शिल्ड मेडेल प्राप्त गरेकी छन् । त्यसैगरी मणिमुकुन्द स्कुलकी दिया सारु सेकेन्ड रनर अप भई रु २५००० प्राप्त गर्न सफल भएकी छन्। यसैगरी बुद्ध दीप स्कुलका आयुस सुनार सान्त्वना भएका छन् ।

बिज्ञापन

 

बिज्ञापन

विगत २६ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीहरुलाई लक्षित गरी बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले बताउनुभयो । श्रेष्ठले गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, अभिनय-नाटक, कमेडी, र्यापजस्ता विधामा प्रतिस्पर्धा गरेका थिए ।

सहभागी विद्यार्थीहरुलाई विभिन्न ५ वटा चरणमा प्रतिस्पर्धा गराइएको एकेडेमीका म्यानेजर सुमन गहतराजले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राउन्ड अडिसन, मेघा अडिसन, वर्कसप, सेमीफाइनल हुँदै नृत्य विधातर्फ ६ जना र गायन विधातर्फ ३ जना गरी ९ जना फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । ‘नो भोट, नो एसएमएस’भन्ने मूल नारासहित सम्पन्न भएको प्रतियोगिताको निर्णायकमा मनिष सारु र विनोद चौधरी रहनुभएको थियो ।


सोही अवसरमा बोल्दै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न यस्ता ट्यालेन्ट सोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन आग्रहसमेत गनुभयो ।

प्रकशित मिति : १९ माघ २०८२, आईतवार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त