प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

थानेश्वर न्यौपानेको अध्यक्षतामा डेरी एसोसिएसन लुम्बिनीमा नयाँ नेतृत्व चयन

बुटवल – आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सकिएको छ । अधिवेशनले थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।

बिज्ञापन

बुटवलमा सम्पन्न अधिवेशनले न्यौपानेलाई पुन एक कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी र सह–सचिवमा लिलाराम भुसाल निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा ९प्रकाश०, पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा निर्वाचित हुनु भएको छ ।

बिज्ञापन

अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएपछि न्यौपानेले दुध तथा दुधजन्य पदार्थको गुणस्तर प्रबद्धन र बिबिधिकरणमा बिशेष जोड दिने बताउनु भयो । अध्यक्ष न्यौपाने ग्लोबल डेरीका सञ्चालक हुनुहुन्छ ।

बिज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले नेपालको आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि दुधका परिकारलाई ब्राण्डिङ गर्दै बिदेश निर्यातमा बिशेष जोड दिनुपर्ने बताउनु भयो ।

प्रकशित मिति : २५ पुष २०८२, शुक्रबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त