प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलमा किया शोरुमको उद्घाटन

बुटवल – कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा सञ्चालित किया नेपालको बुटवलमा आफ्‌नो शोरुम सञ्चालन गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२६को पहिलो दिन बिहीबार बुटवलमा एक समारोहका बिचमा शोरुम उद्घाटन गरिएको हो ।

बिज्ञापन

किया नेपालले पश्चिम नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै किया बुटवल शोरुमको औपचारिक उद्घाटन गरिएको प्रालिका डाईरेक्टर रेखा घिमिरेले बताउनुभयो । उहाँले बुटवलको स्वरुममार्फत ग्राहक पहुँच विस्तार गर्नुका साथै प्रिमियम अटोमोबाइल अनुभव प्रदान गर्ने किया नेपालको प्रतिवद्धतालाई थप मजबुत बनाएको दावी गर्नुभयो ।

बिज्ञापन

एक्जुकेटिभ डाईरेक्टर टंक प्रसाद भट्टले कालिकानगर, बुटवलमा रहेको यो शोरूम नेपालका लागि किया ब्रान्डको एकमात्र अधिकृत वितरक रहेको बताउनुभयो । उहाँका अनुसार यहाँ कियाको विश्वव्यापी शोरूम मापदण्डअनुसार डिजाइन गरिएको यस सुविधामा किया ब्रान्डका नवीनतम सवारी साधनहरूको प्रदर्शनी, व्यावसायिक बिक्री परामर्श तथा ग्राहक सहायता सेवा उपलब्ध गराइनेछ।

बिज्ञापन

मार्केटिङ हेड अनिश लामिछानेले तीव्र रूपमा विकास भइरहेको व्यावसायिक केन्द्र बुटवलमा किया नेपालको डिलर सञ्जाललाई थप सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको बताए।उनले नया सालमा इभि, पेटोल र हाइडोलिक गाडि भित्राउने योजना रहेको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले बुटवलमा व्यवसाय गर्न आएकोमा धन्यवाद दिँदै स्वागत गरे । उहाँले मध्यम वर्गका व्यक्तिहरुले पनि चढने गाडी पनि भित्राउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

किया बुटवल शोरूमले पश्चिम नेपालमा किया सवारी साधनप्रतिको बढ्दो माग पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बुटवल स्वरुम प्रमुख रवि जिशिले जानकारी दिनुभयो ।

किया नेपाल, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा सञ्चालित, प्रगतिशील डिजाइन, उन्नत प्रविधि तथा ग्राहक केन्द्रित मोबिलिटी समाधानका लागि विश्वभर परिचित अटोमोबाइल ब्रान्ड कियाको आधिकारिक प्रतिनिधि हो। किया नेपालले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकहरूलाई प्रिमियम उत्पादन र सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकशित मिति : १७ पुष २०८२, बिहीबार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त