प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण

 

बिज्ञापन

 

बिज्ञापन

बुटवल – नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आर्कषक देखिने कुँडुले घर गोलाकार, माटोले लेपिएको, खरले छाएर बनाइन्छ । दुई तले यो घर परम्परागत शैली र सानो लगानीमा तयार गरिएको छ । यो घर अहिले रुपन्देही बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीको माथिल्लो भागमा निमार्ण गरिएको छ । पहाडी क्षेत्रको परम्परागत संस्कृति झल्काउने गरि उद्यानको पश्चिम क्षेत्रमा कुँडुले घर निमार्ण गरिएको छ । यो घरले त्यहाँ पुग्ने सबैको ध्यान केन्द्रित गरेको छ । कुँडुले घर छ नै यस्तै ।

बिज्ञापन

बुटवलको फूलबारी घुम्न आउनुभएकी पोखराकी सृजना सुनारले बुटवलमा बनेको कुँडुले घरले मोहित बनाएको बताउनुभयो । सुनारले कुँडुले घर हेर्दा निकै आकर्षक रहेको बताउनुभयो । सुनार भन्नुहुन्छ -” पुर्खाले जीवन बिताएको यस किसिमको घरले सबैलाई मोहनी लाउने रहेछ ।
यस्तै बुटवल १७ का सुवास सुनार पनि कुँडुले घरमा भेटिनुभयो । केही दिन अघि मात्रै उद्घाटन भएको यो घर निकै सुन्दर रहेको सुवासले बताउनुभयो । भर्खरै बनेको यो घर वरिपरि भौतिक संरचना बन्न बाँकी नै रहेछ । सबै बनिसकेपछि त झन सुन्दर हुन्छ होला ।” सुवासको भनाइ हो यो ।

बाहिरबाट हेर्दा पनि चिटिक्क गोलाकार कुँडुले घर , घरको भित्रपट्टी पहाडी क्षेत्रमा प्रयोग गरिने परम्परागत सामग्रीहरु राखिएको छ ।

विशेषगरी जाडोयाममा न्यानो र गर्मीमा शीतल हुने कुँडुले घरमा बाँसबाट बनेको डोको , परालबाट बनेको चकटी , सुपो , डालो , पानी परेको समयमा खेतबारीमा काम गर्दा ओढ्ने स्याकु , गुन्द्री , मकै भुट्न प्रयोग गरिने माटाको भाँडो हाँडी(भुटुनो , जाँतो , लालटिन , खेतबारी जोत्ने क्रममा गोरुले अन्य बाली नखाओस् भनी गोरुको मुखमा लगाइने मकरा , माछा मार्ने क्रममा प्रयोग गरिने बाँसबाट बनाइएको सामग्री , परम्परागत , चुल्होलगायताका घरायसी प्रयोगका सामग्रीहरु राखिएका छन् । भने कुँडुले घरको बाहिरपट्टि ढिकी राखिएको छ ।

 

उद्यानका प्रशासकीय अधिकृत अमित कुमार श्रेष्ठले विशेषगरी पहाडी क्षेत्रमा हुने यस्ता घरहरु पछिल्लो पीँढीले महसुस गर्न नपाएको र पुर्खाहरुले प्रयोग गर्ने सामग्रीका बारेमा जानकारी र ज्ञानका लागि यो निर्माण गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ -“पाल्पाबाट काम गर्ने कामदार झिकाएरै यो घर निर्माण गरेका हौँ । कुँडुले घर भर्खरै निर्माण भएको छ । यसको प्रचारप्रसार व्यापक बनाउनु छ । आगामी दिनमा परम्परागत खानाका परिकारसमेत पस्कने योजना छ । हेरौँ कतिसम्म सफल भइन्छ ।”
कुँडुले घरमा आगामी दिनमा आटो , फापर , भुटेको मकै , ढेँडो , भटमासजस्ता परम्परागत खानाहरु पनि व्यवस्थित तरिकाले राखिने उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिनुभयो ।
फूलबारीमा सौन्दर्यीकरणको कामलाई दीर्घकालीन योजनासहित अघि बढाएको उहाँले बताउनुभयो ।

फूलबारी सेन वंशीय राजाहरुले राज्य गरेको दरबारलाई स्वरुप दिने गरि पुरातत्व विभागसँग समन्वय अघि बढाएको फूलबारीका अध्यक्ष माधव नेपालले जानकारी दिनुभयो । यसैगरि उत्तर पश्चिममा रिचार्ज पोखरीसँगै स्विमिङ पूल निर्माण गरि गर्मीको मौसममा पर्यटकका लागि रमणीय स्थल बनाउन थालिएको नेपालको भनाइ छ ।

यसतै फूलबारीमा पाकापुस्तालाई लक्षित गरि सन्चोबिसन्चो केन्द्र निर्माण हुन थालेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । घरमा समय बिताउन कठिनाई भएका वृद्ध वृद्धाहरुलाई लक्षित गरि भुलाउने स्थलका रुपमा भजन किर्तन र एकआपसमा संवाद गराउने थलो बनाउन लागिएको छ ।
नेपालले ‘सबै उमेर र समुहको लागि रमणीय थलो बनाउने योजना रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ -“हालको लागि कुँडुले घर मात्र निर्माण भएको छ । यसलाई थप आकर्षक बनाउन बाँकी नै छ । ”
उद्यानका अध्यक्ष नेपालले कुँडुले घरलाई थप आकर्षण प्रदान गर्न रुखमा लज , रेष्टुरेन्ट , पार्क हस्पिटालिटी (पार्कभित्रको आतिथ्यताका बारेमा जानकारीको अवधारणा) , रिचार्ड पोखरीजस्ता भौतिक कार्य गरिने जानकारी दिनुभयो ।
कुँडुले घरको छेउमै सेल्फी जोन निर्माणको चरणमा रहेको छ । पछिल्लो समयमा मानिसहरुको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेल्फी जोनको निर्माण गर्न लागिएको हो ।
यी सबै कार्य अबको एक वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।

गत वर्ष फागुन १७ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विधिवत पूजा गरि कुँडुले घरको शिलान्यास गर्दै जितगढी, फुलबारी र नुवाकोटलाई एकीकृत विकासको योजना बनाएर अघि बढाएको बताउनुभएको थियो ।

बुटवल उपमहानगरपालिकाबाट रु १४ लाख रुपैँया बजेट बिनियोजन भई उद्यानबाट थप गरि रु १९ लाख रुपैँया लागतमा पहिले एउटा घर निर्माण गरिएको छ ।
कुँडुले घर गत मंसिर २८ गते निर्माण सम्पन्न भै उपमहानगरका नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । नगर प्रमुख पाण्डेले यो कुँडुले घर फूलबारीमा पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फूलबारीमा बिदाको दिन बाहेक २५०० देखि ३००० सम्म मानिहरु घुम्नका लागि पुग्ने गर्छन् भने बिदाको दिनमा यो संख्या बढेर ५५०० सम्म पुग्ने कार्यालयले जनाएको छ । फूलबारी प्रवेशका लागि नेपालीको लागि रु ६० विद्यार्थीको लागि रु ४० र भारतीय नागरिकका लागि रु १०० तोकिएको छ । यो सिजनमा दैनिक सरदर ५/६ सयको संख्यामा भारतीय नागरिकहरु घुम्न र अवलोकनका लागि आउने गरेको कार्यालयले जानकारी दिएको छ ।

प्रकशित मिति : १५ पुष २०८२, मंगलवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त