प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता, राती अबेरसम्म प्रदर्शनीस्थल खचाखच

बुटवल – बुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शनिबार अहिलेसम्मकै एकैदिनमा धेरै अवलोकनकर्ताको सहभागिता भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो ।
प्रदर्शनीका लागि छुट्टाइएका नियमित काउन्टरहरुमा सहभागीको दिनभर भीड थेग्न नसकेपछि अतिरिक्त काउन्टरको व्यवस्थापन गरेर दिनभर टिकट बिक्री गरिएको र प्रदर्शनी सुरु भएको ९ दिनमध्ये एकैदिन ठूलो संख्यामा सहभागी आएको र स्टलहरुमा पनि त्यतिकै धेरै कारोबार भएको संघका कोषाध्यक्ष विशाल वेलवासेले बताउनुभयो ।

बिज्ञापन

पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । शुक्रबार दिनभरजसो घाम लागेपनि शनिबार बिहानैबाट चिसो हुस्यु लागेपनि त्यसको बाबजुत राती अबेरसम्म प्रदर्शनी स्थलमा सहभागीहरुले घुँइचो लागेको थियो ।

बिज्ञापन

चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघोषित कलाकारहरुलाई जसरी पनि सहभागी गराउनेगरी सांस्कृतिक कार्यक्रमको संयोजन भइरहेको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताउनुभयो ।

बिज्ञापन

संघका सल्लाहकार हिरामणि भट्टराईका अनुसार प्रदर्शनीमा शनिबार दिनभर अतिरिक्त टिकट काउन्टर चलाएर अवलोकनकर्तालाई भित्र जाने व्यवस्थापन गरिएको थियो । सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा दिनभरजसो सबै स्टलहरुमा निकै ठूलो कारोबार भएको थियो भने सहभागी धेरै महिला उद्यमीहरु सहभागी रहेका छन् र यहाँ आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो भएको थियो ।

प्रदर्शनीमा स्वदेशी उत्पादन र यसको प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने विषयलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रदर्शनीको बीचमा सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको र यस क्षेत्रका सबै संघसंस्था सरकारी कार्यालय र निजी क्षेत्रबीच समन्वय गरिरहेको महासचिव सुमन बस्याल बताउनुहुनछ ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको चलिरहेकोे प्रचार प्रसार संयोजक इं किरण खरेलले जानकारी दिनुभयो ।

 

प्रकशित मिति : १२ पुष २०८२, शनिबार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त