प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

वागेश्वरीको स्कुल गट ट्यालेन्ट मेघा अडिसन सम्पन्न

 

बिज्ञापन

बुटवल- स्कुल गट ट्यालेन्ट रुपन्देहीको दोस्रो राउण्ड मेघा अडिसन राउण्डका सम्पूर्ण चरणहरु सकिएको छ । वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलको आयोजनामा भएको कार्यक्रमको ग्राउण्ड अडिसनबाट छनौट भएका प्रतिष्पर्धीहरुको मेघा अडिसन भएको हो । नो भोट नो एस एम एसको सिद्धान्तअनुसार अघि बढेको कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मात्र सहभागी भएका हुन् ।
एकेडेमीले रुपन्देही जिल्लाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच ग्राउण्ड अडिसन गरेको थियो ।

बिज्ञापन

प्रतियोगिताको तेस्रो वर्कसप राउण्ड यही पौष १२ गते शनिबार हुने एकेडेमीका सञ्चालक लालिमा श्रेष्ठले बताउनुभयो । मेघा अडिसनबाट करिब १८० जना विद्यार्थीहरु तेस्रो राउण्डको लागि छनौट भएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीभित्र लुकेर रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न कार्यक्रम गरिएको एकेडेमीका म्यानेजर सुमन गहतराजको भनाइ छ ।
प्रतियोगिता पाँच चरणमा सम्पन्न हुनेछ । ग्राउण्ड अडिसनपछि मेघा अडिसन रहनेछ । मेघा अडिसन राउन्डमा छनौट भएका प्रपिष्पर्धी वर्कसपमा प्रवेश गर्नेछन् । वर्कसपबाट छनौट भएका प्रतिष्पर्धी सेमिफाइनलबाट छनौट भई फाइनलमा पुग्नेछन् । कार्यक्रमको उपाधि जित्ने प्रतिष्पर्धीले नगद रु ५५००० पुरस्कार प्राप्त गर्ने एकेडेमीका सल्लाहकार डिबी लोहनीले बताउनुभयो । दोस्रो हुनेले रु ३५००० र तेस्रो हुनेले रु २५००० पुरस्कार प्राप्त गर्ने एकेडेमीले जनाएको छ । पछिल्लो समय एकेडेमीमा निरन्तर नृत्य ,गायन , बाध्यवादन , अभिनय र चित्रकलाका कक्षाहरु सञ्चालन भैरहेका छन् ।

बिज्ञापन
प्रकशित मिति : ७ पुष २०८२, सोमबार १६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त