प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए मेला

बुटवल – बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा शनिबार पहिलो बिदाको दिन अवलोकलन कर्ताको भीड थेगिनसक्नु भयो । बुटवलको प्रदर्शनीको पहिलो बिदाको दिन र बिहानै देखि बढेको चिसोमा अवलोकन कर्तालाई राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, पूर्णकला बिसी, रमेशराज भट्टराईलगायतका कलाकारले भरपूर मनोरन्जन दिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा पहिलो बिदाको दिन परेकाले र चर्चित कलाकार आएकाले पनि शनिबार अवलोकन कर्ताको भीड बढेको हो । आइतबार हेमन्त शर्मा, भूमिका गिरी लगायतका कलाकार आउने बस्यालले जानकारी दिनुभयो । गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ताको भीड भएको बताउनुभयो ।

बिज्ञापन

शनिबार भारतको उत्तर प्रदेशस्थित गिडा औद्योगिक क्षेत्रका उद्योगीहरु प्रदर्शनीको अवलोकनका लागि आएको प्रचार प्रसार संयोजक इं किरण खरेलले जानकारी दिनुभयो । रुपन्देही उद्योग संघले प्रदर्शनीको तयारीका क्रममा भारतमा पुगेर यसको अवलोकनका लागि आमन्त्रण गरेको थियो । शनिबार प्रदर्शनी स्थलमा नेपाल पत्रकार महासंघ रुपन्देहीले राखेको फोटो प्रदर्शनीसहित स्वदेशी उद्योगहरुको प्रदर्शनी हेर्न प्रेस काउन्सिल नेपालमा अध्यक्ष डा. कुमार शर्मा आचार्य, सदस्य सन्तराम बिडारी, सहप्रशासकीय अधिकृत रामशरण बोहोरा आउनुभएको थियो । डा. आचार्यले प्रदर्शनीमा राखिएका फोटाहरुले पत्रकारिताको इतिहास मात्रै नभएर यस क्षेत्रको पुरानो अवस्था झल्काएको बताउँदै यसलाई अझै व्यवस्थित बनाएर जानपर्ने बताउनुभयो ।

बिज्ञापन

बिज्ञापन

रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा शुरु भएको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका थिए । बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहेको महासचिव सुमन बस्यालले बताउनुभयो ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने कोषाध्यक्ष विशाल बेल्बासेको भनाइ छ ।

प्रकशित मिति : ६ पुष २०८२, आईतवार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त