तिलोत्तमा – वास्तु क्रि हाउसमा गार्डेनको भव्य शुभारम्भ भएको छ । विगतका वर्षहरुबाटै सञ्चालनमा रहेको वास्तु क्रि हाउसको शुक्रबार औपचारिक शुभारम्भ भएको हो ।
रुपन्देहीको तिलोत्तमा २ मा रहेको हाउस र गार्डेनमा ग्राहकहरुको लागि विभिन्न सेवा सुविधाहरु रहेका छन् । हाउसमा कर्पोरेट कार्यक्रम वा गोष्ठी कुनै पनि भेलाका लागि सुविधायुक्त हलको व्यवस्था रहेको छ ।

पछिल्लो समयको जनचाहनाको मध्यनजर गर्दै उच्चस्तरीय उपकरणसहितको जिम हाउस सञ्चालन भैरहेको छ । त्यसैगरी गर्मी र जाडो दुबै मौसमका लागि उपयुक्त इन्डोर स्विमिङ पुलको व्यवस्था रहेको छ । त्यस्तै शान्त र हरियाली वातावरणमा खाजा र खानाको व्यवस्था रहेको संस्थापक सञ्चालक डाक्टर प्रदीप कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

त्यसैगरी विभिन्न खेलहरुको सुविधाका लागि गेम जोनको व्यवस्था रहेको हाउसका सञ्चालक प्रितम केसीले जनाउनुभयो ।
सुन्दर शान्त वातावरणमा रहेका हाउसमा प्रत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको व्यवस्था गरिएको म्यानेजर महेन्द्र विश्वकर्माले बताउनुभयो ।