प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

 

बिज्ञापन

देवदह – रुपन्देहीको तिलोत्तमा वडा नम्बर ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा पाकडी वृक्षमा पुग्नुहुन्छ । नरमाया अहिलेसँगै ३ पटक पाकडी वृक्षमा पुग्नुभएको हो । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ मा रहेको पाकडी वृक्ष शान्त र मनोरम ठाउँ हो । योभन्दा अघिल्ला दुईपटक उहाँले अरु कसैबाट त्यो ठाउँको बारेमा सुन्नु भयो । त्यसपछि नरमाया पाकडी वृक्षमा पुग्नुभएको उहाँले बताउनुभयो । नरमाया भन्नुहुन्छ – ” जस्तो सुनेकी थिएँ , त्यसतै रहेछ यो ठाउँ । सुन्दर , शान्त अनि मनै आनन्दित हुने । यहाँ आइपुग्दा स्वर्गको आभाष पाएँ । सायद स्वर्ग यस्तै हुन्छ होला । ” उहाँले कल्पना गर्नुभयो । सुरुमै जाँदा आकर्षित भएँ त्यसैले यो ठाउँमा पटकपटक आउन मन लाग्छ । त्यसैले दुईपटक आएँ । ” उहाँको भनाइ छ ।

बिज्ञापन

यस्तै बुटवल वडा नम्बर १५ कि आरती राना पनि पाकडी वृक्षमा धेरै पटक पुग्नुभएको छ । आरती पनि सुन्दर , शान्त र मनोरम ठाउँमा रमाउन र मनलाई आनन्दित बनाउन त्यहाँ पुग्ने गरेको बताउनु हुन्छ । आरतीलाई पाकडी वृक्षले मोहित बनाएको छ । उहाँ भन्नुहुन्छ जब त्यहाँ पुगिन्छ साँच्चिकै स्वर्गमा पुगेको भान हुन्छ ।

बिज्ञापन

यता तिलोत्तमा वडा नम्बर १५ निवासी हिमाल सुनार पाकडी वृक्षमा पुगेर आनन्दले बस्ने र फोटो भिडियो बनाउने गर्नुहुन्छ । हिमाललाई यो ठाउँ वास्तवमै स्वर्ग लाग्छ । पाकडीको बारेमा अरुबाट थाहा पाएर त्यहाँ पुग्नुभएका हिमाललाई त्यो ठाउँमा बसेर मन अघाउँदैन । उहाँ भन्नुहुन्छ – ” फुर्सद पाएँ भने आइहाल्छु ।”

यस्तै पाकरी वृक्षमै भेटिनुभएकी तिलोत्तमा वडा नम्बर ३ की अप्सरा खत्री पनि यहाँ आत्म सन्तुष्टिका लागि आएको बताउनुभयो । शान्त वातावरण र शीतल हरियाली भएको सो वृक्षमा तिलोत्तमा ३ कै कोमल कुँवर पनि भेटिनुभयो । उहाँ पनि शीतल र शान्त वातावरणको खोजीमा पटकपटक पुग्नुहुन्छ ।
माथि उल्लेखित पात्रहरु प्रतिनिधि पात्र हुन् । एसियाकै सबैभन्दा ठूलो वृक्षको रुपमा लिइने यो वृक्षको ऐतिहासिक महत्व रहेकै कारण दिनहुँ सयौँ आन्तरिक पर्यटक पाकरी वृक्षमा रमाउन पुग्ने गरेका छन् ।

हेर्दा सुन्दर , सधैँ हरियाली , शीतलताले भरिपूर्ण पाकरी वृक्षले सबैलाई आकर्षित गरेको छ । अलौकिक विशेषताले भरिपूर्ण यो वृक्षमा बौद्धकालीन सम्बन्ध जोडिएको भन्ने किंवदन्ती छ । प्राचीन कोलिय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको भन्ने किम्वदन्ती छ । किम्वदन्ती अनुसार यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । तर यि सबै कुरा बौद्ध ग्रन्थमा कहि कतै पनि उल्लेख नभएको लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक इन्द्र काफ्ले बताउनुहुन्छ ।

देवदहको वडा नम्बर ८ मा रहेको यो वृक्ष पूर्व पश्चिम महेन्द्र राजमार्गको शित्तलनगर चोकदेखि २ किमी दक्षिणमा रहेको छ । यस वृक्षको बारेमा थाहा पाउनेहरु अवलोकनका लागि पुग्ने गरेका छन् । प्रवेश निशुल्क रहेको यो वृक्ष हेर्न र यससम्बन्धी जानकारी लिन नेपालभरबाटै पर्यटकहरु पुग्ने गरेको सहजकर्ता रुद्र पाण्डे बताउनुहुन्छ । यहाँ सामान्य मानिसदेखि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु , बौदिष्टहरु , अनुसन्धानकर्ता , प्रेम जोडीहरु र अन्य मुलुकबाट समेत पर्यटकहरु पुग्ने पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ । यो वृक्ष देवदह नगरपालिकाको पहिचानको रुपमा स्थापित रहेको छ ।

देवदह यसै पनि भगवान गौतम बुद्धको मावलीको रुपमा अन्तर्राष्ट्रियस्तरमै परिचित पवित्र स्थल हो । यो मात्र नभई देवदहमा बौद्धकालिन स्थलहरु दर्जनौँ छन् । तर पर्याप्तरुपमा उत्खनन हुन सकेका छैनन् भने उत्खनन भएपनि कछुवाको तालमा हुन्छ । साथै प्रचारप्रसारको अभाव भएको स्वयं नगरपालिका स्वीकार्छ । देवदहमा भवानीपुर , खयर डाँडाजस्ता बौद्धकालिन स्थल दर्जनौँ छन् । तर त्यसको उचित विकास र प्रचारप्रसारको कमी छ ।

वृक्षको विशेषता :

द ट्रि अफ हेभनको उपमा पाएको यो वृक्ष ८२ फिट अग्लो अर्थात करिब ३० मिटर उचाई छ । झण्डै ३० मिटर परिधि भएको वृक्षले एक कठ्ठा जमिन पुरै ओगटेको छ । कहिल्यै उजाड नहुने सधैँ हरियो रहिरहने यो वृक्षमा गिद्ध , बकुल्ला , चील बाजजस्ता चरा कहिल्यै बस्दैनन् । अलौकिक विशेषता रहेको यो वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ । यो वृक्षको जरा तथा हाँगामा विभिन्न जीवका साथै भगवानका आकृतिहरु देखिने सहजकर्ता पाण्डेले बताउनुभयो । अर्को अनौठो कुरा यो वृक्षको नजिक हात्ति कहिल्यै पनि नगएको स्थानीय बताउँछन् ।

वृक्षका फाइदाहरु :

पाकडी वृक्ष सधैँभरि हरियो रहिरहने र यसबाट प्रशस्तै अक्सिजन पाइन्छ । यसको नजिक पुग्दा मानिसलाई सकारात्मक उर्जा मिल्छ । मानिसमा हुने विभिन्न रोगहरु जस्तै डिप्रेशन , स्किन क्यान्सर तथा फ्रस्टेशनको निवारण हुने प्रमाणित भएको वृक्ष सहजकर्ता रुद्र पाण्डेले दावी गर्नुभयो ।
“हेर्दा निकै सुन्दर देखिने यस वृक्ष प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । यसका साथै धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । ” सहजकर्ता पाण्डेको भनाइ छ । मानिसहरू यहाँ आएर ध्यान गरेर आफ्नो मनलाई शान्त पार्दै स्वर्गीय आनन्द प्राप्त गर्छन् । पाण्डेले वृक्ष अवलोकन गर्न पुग्ने पर्यटकका लागि वृक्षको बारेमा जानकारी दिने गर्नुहुन्छ । सो स्थानको बारेमा जानकारी दिन नगरबाटै उहाँलाई खटाइएको छ ।

तर पाकरी वृक्षमा पुग्न भने त्यति सहज छैन् । यहाँ पुग्नको लागि कहि कतै कुनै पनि प्रकारका सूचना भेटिदैनन् । बाटो पक्की नहुँदा आवजावत गर्न कठिन छ । टाढाबाट त्यहाँ पुग्दा भोकाएका तिर्खाएकाहरुलाई वरिपरि कुनै सुविधा छैन् । बल्लतल्ल खोज्दै त्यहाँ पुग्ने पर्यटकहरु केही समय भुलौँ भन्नका लागि शीतल , शान्त र हरियालीबाहेक केही छैन् । जग्गा अभाव छ । हाल भने जग्गा प्राप्ति प्रकृया चलिरहेको नगरले जनाएको छ ।

पाकडी वृक्ष संरक्षण र भौतिक पूर्वाधारका लागि देवदह नगरपालिकाले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गरेको छ । तर जग्गा अभावमा वृक्ष वरिपरि पर्खाल लगाउने कामबाहेक अरु कुनै महत्त्वपूर्ण भौतिक उपलब्धि हुन नसकेको देवदह वडा नम्बर ८ की स्थानीय बासिन्दा अनुराधा लोधले बताउनुभयो । वृक्ष संक्षणका लागि वृक्ष वरिपरि पर्खाल तथा तार लगाइएको छ भने रेखदेख र त्यहाँ पुग्ने पर्यटकका लागि पाकरी वृक्षको जानकारी दिन देवदह नगरपालिकाबाट कर्मचारी खटाइएको छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले कँही कतै विनास नहुने गरि काम गर्नु पर्दा सुस्त गतिमा काम गर्नुपर्ने बाध्यता भएको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ -” वृक्ष भएको जग्गा कुनै एक व्यक्तिको नाममा छ । तर उहाँले दानस्वरुप हस्तान्तरण गरिसक्नुभयो । भएको जमिन वृक्षले नै ओगटेको छ । कुनै पनि भौतिक संरचना र विकासका लागि एकल प्रयासले मात्र सम्भव नहने रहेछ । बाटोघाटो पनि विस्तारै बनाउँदै छौँ ।”
नगरप्रमुख खरेलले वृक्ष भएको सो जग्गा सरकारलाई नै हस्तान्तरण गरे पनि जग्गा नामसारी भने नभएको प्रष्ट पार्नुभयो । वृक्षको समग्र विकास र विस्तारका लागि जग्गा कमी भएकाले थप गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । साथै वृक्ष वरिपरिको जग्गा थप गर्ने प्रक्रियामा रहेको नगर प्रमुख खरेलको भनाइ छ ।

प्रकशित मिति : १० मंसिर २०८२, मंगलवार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त