बुटवल – बुटवलको संगम पथमा दीपावलीको रौनकता छाएको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा
बुटवल उपमहानगरपालिका ४ संगम पथको सडकमा विद्युतीय बत्ती लगाएर झिलिमिली बनाइएको हो ।
संगम टोल विकास संस्थाको विशेष पहलमा बत्ती जडान गरिएको टोव विकास संस्थाका अध्यक्ष मनिश कुमार हेजुले जानकारी दिनुभयो ।
संगम पथको करिब २०० मिटर सडकमा झिलिमिली बत्तीले सडक र बजार सिगारिएको छ । करिब ७० हजार रूपैयाँको लागतमा बत्ती जडान गरिएको हो । टोल विकास संस्था , स्थानीय बासिन्दा र व्यवसायीहरुले रकम संकलन गरि बत्ती जडान गरिएको अध्यक्ष हेजुको भनाइ छ ।
जडान गरिएको झिलिमिली बत्तीले सडक र बस्ती सुन्दर र रमाइलो देखिएको स्थानीय हरि प्रधानले बताउनुभयो ।
प्रधान भन्नुहुन्छ -“झिलिमिली बत्तीले मन पनि फुरुंग छ । यहाँको व्यापार व्यवसायमा पनि चहलपहल बढेको छ । “
भिजिटर संख्या : 187