प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

वर्षौँको मिहिनेत क्षणभरमै खरानी बन्यो

 

बिज्ञापन

तिलोत्तमा – सिन्का सिन्का जोडेर परेवीले गुण लायो यो गितमा भनिएको शब्दमा कति वास्तविकता छ भन्ने कुरा सिन्का सिन्का जोडेर परेवीले गुण लगाएजस्तै थोरै थोरै रकम जम्मा गर्दै ऋण धन गरेर दुख गरिगरि घर बनाउनेलाई मात्रै थाहा हुन्छ । यसरी बनेको छाप्रोमा कति पसिना कति मिहिनेत , कति सपना र कति आँसु पनि संग्लिएको हुन्छ भन्ने तिनैलाई मात्रै थाहा हुन्छ , जस्ले त्यो गुण अथवा घर बनाएको हुन्छ ।
तर आज त्यही घर क्षणभरमै दनदनी बल्यो । घरमात्रै जलेन । शुन्यताबाट सुरु गरेको आजसम्मको पसिना जल्यो । घरसँगै जीवनको अन्तिम क्षणसम्म सजाएका सपना जले । त्यही घरको कुनाकुनामा संगालिएको आँसुको तलाउ पनि सँगै भत्कियो पुरियो । घरसँगै संसार जल्यो । संसार ढल्यो ।

बिज्ञापन

कसलाई के थाहा कति बेला के हुन्छ ? समयले कुन मोड लिन्छ रु यो प्रश्नको दरिलो जवाफ कसैसँग पनि छैन् । छ त केबल पहलमान् समयसँग । हो आज हामी कैयौँ नेपालीका घर जले । घरसँगै मन पनि जल्यो । समग्रमा नेपाल जल्यो ।
त्यी मध्ये रुपन्देहीको तिलोत्तमा वडा नम्बर १ का वडा अध्यक्ष फर्सुराम गिरी र देवी गिरी यही दर्दनाक पीडामा छन् । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसात्मक घटनामा उनीहरुले ठडाएको सपना जलेको थियो ।
वडा अध्यक्ष गिरीकि श्रीमती सहकारी कर्मी हुन् । उनी हाल साना किसान कृषि सहकारी संस्था लिमिटेड तिलोत्तमा १/४ को वरिष्ठ प्रवन्ध हुन् । तर यहाँसम्म उनी सजिलोसँग आएकी हैनन् । कति धेरै संघर्ष र पसिना बगाएकी छन् भन्ने उनलाई र उनका छिमेकीलाई थाहा छ। २०५६ सालमा कृषि विकास बैंक साना किसान विकास आयोजना मंगलापुरमा अन्तर्वार्तामा नामै निकालेर ६ महिनासम्म बिना तलबमा काम गरिन् । देवी भन्छिन् – ‘६ महिनापछि रु १००० हजार तलब पाएँ । भन्छिन् त्यो मेरा लागि आजको रु एक लाख बराबर थियो ।” त्यसपछि २०५८ सालमा रु १५०० तलब पुग्यो । यो पनि उनका लागि लाखौँ बराबर भयो । निरन्तर २६ वर्षसम्म घाम , पानी , हुरीबतास केही नभनी जोडेका सारा सम्पत्ति क्षणभरै खरानीमा परिणत हुँदा उनीसँगै उनको मन अब सायदै नजोडिने गरी टुक्रिएको छ । देवी आज पनि त्यो दिन सम्झिँदा स्तब्ध हुन्छिन् ।

बिज्ञापन

यता वडा अध्यक्ष गिरी पहिलेदेखि समाजसेवामा थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा उनी वडा अध्यक्ष पदमा विजयी बने । वडा अध्यक्ष बनेको मात्रै ३ वर्ष भएको थियो । यो तीन वर्षको अवधि त्यसमा पनि वडा अध्यक्ष । पदभन्दा पनि आफ्नो गाउँठाउँको जिम्मेवारी धेरै हुन्छ । भ्रष्टाचार कहिले र कसरी गर्न भ्याउँछन् होला ? यो एकपटक सौचौँ त ।
वडा अध्यक्ष गिरी घर जल्नुभन्दा केही समयअगाडि पनि समाजसेवामै व्यस्त थिए । आफ्ना वडामा रहेका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणको काममा व्यस्त थिए । त्योभन्दा अगाडि देश जलिरहेको थाहा थियो उनलाई । यो पीडा त उनमा छँदै थियो । त्योसँगै आफ्नै संसार पनि जल्यो ।

उनीहरूका एक छोरा स्वीकार तिलोत्तमा १ मै रहेको न्यू होराइज कलेजमा अध्यापनरत छन् । गत वैशाखमा उनको विवाह भएको थियो । सन्तानको नाममा एउटै छोरा थिए स्वीकार । त्यसकारण गिरी दम्पतीले बिवाहमा कतै कुनै पनि कमी नगरी र सकेसम्म कसैलाई पनि नछुटाई भव्य तरिकाले छोराको बिवाह गरे । आफन्तसँग रकम सापटी लिएर छोराको बिवाह गरेका थिए । “अकूत सम्पत्ति भएर त्यसरी बिवाह गरेको होइन ” अध्यक्ष गिरी भन्छन् ।

तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा भौतिकरुपमा विनाशकारी त रह्यो नै योसँगै मानसिक र भावनात्मक रुपमा पनि उनीहरुलाई विछिप्त बनाएको छ ।

 

आन्दोलनका नाममा एकाएक उत्रिएको भीडले गिरी परिवारको घरमा आगजनी, तोडफोड र लुटपाट गरेपछि उनीहरुलाई अहिले जलेको घाउमा लुटिएको अर्को पीडाले मानसिक रुपमै विछिप्त बनाइदिएको छ । भन्छन्‌–”सर्वस्व नै लुटियो । शरीरमा लगाएको एकसरो लुगा र मान्छेबाहेक केही रहेन । गाँस , बास र कपासै नरहनेगरी सबै जलाउनेलाई हदैसम्मको कारबाही सक्दो छिटो होस् । ” गिरी दम्पती गहभरि आँसु लिँदै भक्कानिए ।

‘घर जल्नु त जल्यो , तर माथिल्लो तलामा सुरक्षित राखिएका सुनका गहनाहरु खोजी – खोजी दराज फोडेर, पलङका घर्रा फुटाएर लुटिएको थाहा पाएपछि मनै अमिलो भएको छ,’ अध्यक्ष गिरीले आँखाभरि पीडा बोकेर प्रतिक्रिया दिए ।

त्यो दिन अध्यक्ष गिरीको परिवार घरपछाडिको ढोकाबाट भागेर ज्यान जोगाउन सफल भयो भने छोरा स्वीकार गिरी गाडी लिएर कलेजको कामले ड्राइभरटोल गएकाले उनी पनि जोगिए र गाडी पनि जोगाउन सफल भए । घरको तल्लो तला जलाइयो, माथिल्लो तलामा गएर तोडफोड गरियो, माथिबाट सामान आँगनमा फालेर जलाइयो र सुनका गहनासहित नगद लुटियो ।

पलङको घर्रामा राखिएका गरगहना, दराजको भित्री पकेटमा राखिएको विवाह, दाइजो र दशकौँको जोहो गरेर जम्मा पारी राखिएको ३२ तोला सुनका गरगहना सबै लुटिएको गिरी परिवारले बताएको छ । घरभित्र रहेको ६४ इन्चको डिजिटल टिभी, माइक्रोओभन, इन्डक्सन चुल्हो, भान्साको सामान, कोठाहरुमा रहेका सबै तहसनहस पारिएको छ ।

घर बाहिरको मोटरसाइकल, साइकल पनि सुरक्षित रहेनन् सबै क्षणभरमै खरानी बनाए । जोगिएको भने छोराको गाडी मात्रै, जुन गाडी उनले साथमा लगेका थिए । ‘छोराको बिहेमा जोहो गरेका, मेरी श्रीमतीको विवाहको बेलाको र बीचमा किनमेल गरेर जोडिएका सबै गहना लुटिए, खोजी खोजी राखेको ठाउँमै पुगेर लुटिएको हो,’ अध्यक्ष गिरीले दुःख पोखे–‘भएभरको सबै गयो ।’ प्रहरीको टोली आएर मुचुल्का उठाएपछि छिमेकीले विस्तारै घरको भग्नावशेषको सरसफाइ सुरु गरे पनि देवी भने घटना घटेको करिब एक हप्तापछि बल्ल त्यो जलेर खण्डहर बनेको घरभित्र मन विछिप्त बनाउँदै प्रवेश गरिन् । घर जलेको एक हप्तासम्म गिरी परिवार आफ्नो भाइको घरमा बसे ।

उनले यो लुटपाटको पीडालाई आगलागी माथि अर्को गहिरो पीडाबोध भएको बताएका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका, सौरीबोटबाट २०४९ सालतिर तिलोत्तमा आएका गिरी परिवारले यतिका वर्षमा पसिना बगाएर जोहो गरेको सम्पत्ति एकै झट्कामा सखाप भएको छ ।

नेकपा एमालेबाट वडा अध्यक्ष बनेका फर्सुराम गिरीलाई स्थानीयहरुले सादगी, इमानदारिता र सेवाभावको प्रतीक मानेका थिए, जसरी उनका ठुलाबाबाका छोरा पूर्वमुख्यमन्त्री लिला गिरीलाई मानेका थिए । ‘जायज मागमा समर्थन छ, तर आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति जलाउनु र लुट्नु अत्यन्तै आपराधिक हो,’ गिरीले भने,–‘यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’ घटनापछि शोकमा डुबेको गिरी परिवार अहिले पनि एक–एक गहना र यादहरुको सम्झनामा आँशु पुछिरहेकै छ ।

तर पनि मुटुको गहिरो घाउमा आशाको मल्हम लगाउँदै स्थानीय छरछिमेकले सरसफाइ गरेपश्चात गिरी परिवार घर मर्मततर्फ जुटेको छ ।

प्रकशित मिति : ७ आश्विन २०८२, मंगलवार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त