रुपन्देही – खाध्यबाली उत्पादक किसान संघ रुपन्देहीको प्रथम सम्मेलनले गोविन्द मल्लाहको अध्यक्षतामा १७ सदस्य नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा द्वय सुमित्रा यादव र मातृकाप्रसाद बन्जाडे चयन भएका छन्। त्यस्तै सचिवमा सन्तोष कुमार यादव कोषाध्यक्षमा रियाज दिन मुसलमान चयन भएका हुन्। यसैगरी उपसचिवमा द्वय गंगा पाठक र मनोज कुमार कोहार चयन भएका छन् ।
सदस्यहरुमा खिमानन्द पौडेल , केशवराज राना , अमित मुसलमान , भगवान प्रसाद यादव , अशेष यादव , सनिउल्लाह खान र नाथु थारु चयन भएका हुन्। बाँकी तीन सदस्यलाई पछि मनोनित गरिने निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले किसानका समस्यालाई पहिचान गरी अघि बढ्ने बताए । मन्त्री पन्थीले प्रदेश सरकार सदैव किसानकै साथमा रहेको उल्लेख गरे । कार्यक्रममा किसानहरुले आफूहरु मर्ने स्थितिमा रहेको गुनासो गर्दै राज्यले किसानका माग बुझ्न जरुरी रहेको बताए ।
खाध्यबाली उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य सीपी पौडेलले राज्यले प्रत्येक पालिकामा कोल्ड स्टोर र खाद्य भण्डार निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष पौडेलले किसानलाई विद्युत महसुलमा छुट गर्नुपर्ने र राज्यले किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने भन्दै किसानद्वारा उत्पादित वस्तु राज्यले नै खरिद गर्ने र राज्यले नै बिक्री वितरण गर्ने वातावरण निर्माण गर्न जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी , अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य चुमकला बस्याल , अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य ऋषभ पोखरेल , प्रदेश अध्यक्ष महेन्द्र गिरी , सदस्य पुष्करनाथ पन्थ , नेकपा एमाले प्रदेश कमिटी सदस्य कविराम अर्याल , खाद्यबाली उत्पादक किसान सङ्घ प्रदेश अध्यक्ष भुवनेश्वर आचार्य , अखिल नेपाल किसान महासंघ रुपन्देही इन्चार्ज कृष्ण पन्थीलगायतको उपस्थिति रहेको थियो । खाद्यबाली उत्पादक किसान सङ्घका केन्द्रीय सदस्य रामवचन यादवको स्वागत , अखिल नेपाल किसान महासंघ रुपन्देही अध्यक्ष कृष्ण खरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघका सचिव उमाकान्त लम्सालले गरेका थिए ।