प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कृषि मन्त्रीलाई लुम्बिनीका किसानले बुझाए ज्ञापनपत्र

 

बिज्ञापन

बुटवल – किसानका प्रमुख समस्यालाई उठान गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीलाई बुटवलमा ज्ञापनपत्र बुझाएको हो ।

बिज्ञापन

मुलुकको कृषि क्षेत्र सङ्कटोन्मुख भइरहेका बेला महासङ्घले कृषिमा बजेटको न्यून विनियोजन, नीतिगत असंवेदनशीलता र सहुलियतको अभावले गर्दा उत्पादन, रोजगारी, खाद्य सुरक्षा र आर्थिक वृद्धिमा व्यापक असर परिरहेकोलगायतका संवेदनशील विषय उठान गर्दै सो ज्ञापनपत्र बुझाइएको हो ।
मन्त्रालयको वार्षिक प्रगति समीक्षा जारी रहेको कार्यक्रम हल बाहिर जुटेका किसानका अगुवाहरुले आफुहरुले भोगिरहेका समस्याको समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीलाई बुझाइएको ज्ञापनपत्रमा महासङ्घले कृषि क्षेत्रमा देखिएका मूल समस्या, नीति कार्यान्वयनको कमजोरी र समाधानका सम्भावनाहरूमा केन्द्रित रहेर देखिनेगरी काम गर्न आग्रह गरेको छ ।

बिज्ञापन

महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी भन्छन् , “रोपाइँका बेलामा सिँचाइ, मलको चरम अभाव छ । उत्पादित कृषि उपजको किसानले उचित मूल्य पाएका छैनन् । किसानलाई प्रोत्साहन र हौसला भएन ।”

टोलीमा महासंघ केन्द्रीय सदस्य सिपी पौडेल, जिल्ला अध्यक्ष कृष्ण खरेल, अगुवा किसान पुष्करनाथ पन्थलगायतको सहभागिता रहेको थियो । उनीहरुले किसानहरु मल नपाएको, पशुपालकहरु पशुमा अनेक रोगको सङ्क्रमण भएर समस्यामा परिरहेको गुनासो गर्दै प्रदेश सरकारले अनुभूति हुनेगरी काम गर्न आग्रह गरे ।

सधैँ मलको अभाव, उत्पादकत्व वृद्धिका कार्यक्रम नहुनु, कृषिको असमान वितरण, सिँचाइको अभाव, परम्परागत प्रणालीको निर्भरता, श्रमप्रधान र घाटामा जहिल्यै मलको अभाव, उत्पादकत्व वृद्धिका कार्यक्रम नहुनु, कृषिको असमान वितरण, सिँचाइको अभाव, परम्परागत प्रणालीको निर्भरता, श्रमप्रधान र घाटामा जाने कृषि प्रणाली तथा उत्पादन लागतको वृद्धिलगायतका समस्याबाट किसान चिन्तित रहेको उनीहरुको भनाइ छ ।

फेरि लम्की स्किनको जोखिम

लुम्बिनी प्रदेशमा अहिले फेरि लम्की स्किनको जोखिम देखिएको जनाउँदै किसानले चिन्ता व्यक्त गरेका छन् । कतिपय जिल्लाका धेरैजसो किसानले पालन गरिरहेका पशुधनमा यस्तो रोगको जोखिम देखिएको महासङ्घको भनाइ छ । यस्तो सरुवा रोगले पशुपालनमा क्षति पुर्याउँदै आएको र किसानको आम्दानीमा प्रत्यक्ष असर गरिरहेको जनाउँदै समयमा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आग्रह गरिएको छ ।

महासंघ केन्द्रीय सदस्य पौडेलले महासंघ केवल समस्या उजागर मात्र होइन, समाधानका उपायहरूसमेत प्रस्ताव गर्दै आएको उल्लेख गर्दै राज्यका निकायबाट किसानले हौसला र प्रोत्साहनको पनि खोजी गरिरहेको उल्लेख गरे ।

प्रदेश अध्यक्ष गिरीले सिँचाइ पूर्वाधारको विस्तार, गुणस्तरीय मल र बीउको समयमै आपूर्ति, कृषि ऋणको पहुँच, कृषि उत्पादनलाई बजारसम्म जोड्ने प्रणालीको विकास, कृषि अनुसन्धान र प्रविधिको उपयोग, जैविक कृषि तथा उत्पादन विविधीकरणमा राज्यको लगानी वृद्धि, किसानमैत्री नीति तथा कार्यान्वयनको प्रभावकारी अनुगमनको आफूहरुले माग गर्दै आएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पन्थीले किसानका समस्या समाधानमा प्रदेशको एकल सामर्थ्य र क्षमता पर्याप्त नभएको उल्लेख गरे । तीनै तहको समन्वय र निजी क्षेत्रका साथै आवश्यकताका आधारमा दातृ निकायको समेत सहकार्यको खोजी गरिएको उनले जानकारी दिए । उनले भने , “कृषि प्रणालीमा संरचनागत सुधारका प्रयास भइरहेको छ । परिणाम देखिन समय लाग्छ । यसअघि भएका कतिपय नीतिगत कमजोरी, प्राकृतिक चुनौती, बजार असहजता र प्रविधि अभावका कारण समस्या उत्पन्न भएको हो । यसलाई सुधार गर्दै सरकार अगाडि बढिरहेको छ ।”

 

प्रकशित मिति : १६ श्रावण २०८२, बिहीबार २१:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त