तिलाेत्तमा -गत वर्ष पशुमा महामारीको रूपमा देशभर फैलिएकाे लम्पी स्किन रोगविरुद्ध यस वर्ष रुपन्देहीको तिलाेत्तमा नगरपालिकाले राेग लाग्नुभन्दा अघि नै खोप अभियान सम्पन्न गरेको छ । यस वर्ष नगरपालिकाले ४ हजार ८ सय ५२ पशुलाई लम्पी स्किनविरुद्धको रोगको खोप लगाएकाे हाे ।
गत जेठ ३ गतेदेखि जेठ २२ गतेसम्म तिलोत्तमा नगरपालिकाभित्रका १७ वटा वडाका ५ हजार ६४ गाईहरु मध्ये ४ हजार ८ सय ५२ पशुलाई खाेप लगाइएको नगरपालिकाकाे पशु शाखाले जनाएको छ ।
जसमा तिलोत्तमा नगपालिकाकाे वडा नम्बर १ मा २९० गाईलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ ।त्यसैगरी वडा नम्बर २ मा १५९ , वडा नम्बर ३ मा १८५,वडा नम्बर ४ मा २३१,वडा नम्बर ५ मा ७७ ,वडा नम्बर ६ मा ६६७ गाईलाई खाेप लगाइएको शाखाका प्रमुख दाेमलाल भुसालले बताए । यसैगरी नगरपालिकाकाे वडा नम्बर ७ मा ११५, वडा नम्बर ८ मा ७२७ , वडा नम्बर ९ मा १९७,वडा नम्बर १० मा २२९, वडा नम्बर ११मा ४४६,वडा नम्बर १२ मा ३४५ पशुमा खाेप लगाएको नगरले जनाएको छ ।
यस्तै वडा नम्बर १३ मा २०६,वडा नम्बर १४ मा ७६४ ,वडा नम्बर१५ मा ७२,वडा नम्बर १६ मा १४०,वडा नम्बर १७ मा २१४ गाई हरूलाई लम्पि स्किन रोग विरुद्धको खाेप लगाएर यस राेगबाट नगर सुरक्षित बनेको छ ।
गत वर्ष रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोपको कारण कृषकहरूको गोठमै पुगेर लम्पी स्किन रोगविरुद्ध खोप लगाएको थियो । त्यसका लागि नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रकम विनियोजन गरेकाे थियो । तर अहिले भने रोग भित्रिनु अगाडि नै रोगविरुद्धको खोप सम्पन्न गरिसकेकाे छ । गत वर्ष तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ मा २५६ गाईगोरुमध्ये २५२ गाई गोरुलाई खोप लगाएको थियो । जसमा ४६ पशु रोगबाट संक्रमित भएका थिए त्यसमध्ये १३ पशुकाे मृत्यु भएकाे थियाे ।
वडा नम्बर दुईमा १७४ गाईगोरुमध्ये १५४ गाई गोरुलाई खोप लगाएको थियो । जसमा ५८ पशु रोगबाट संक्रमित भएका थिए । त्यसमध्ये ८ पशुकाे रोगका कारण मृत्यु भएका थियाे ।
त्यस्तै वडा नम्बर ३ मा १ सय ४५ पशुमध्ये ३२ पशुलाई खाेप लगाएको थियो त्यसमध्ये ५ पशुकाे सो रोगबाट मृत्यु भएको थियाे । वडा नम्बर ४ मा १ सय ८७ गाईगोरुमध्ये १सय ८६ गाई गोरुलाई खोप लगाएको थियो । जसमा ५१ पशु रोगबाट संक्रमित भएका थिए । त्यसमध्ये पाँच पशुकाे यसबाट मृत्यु भएका थियाे । वडा नम्बर ५ मा ९७ गाईगोरुमध्ये ९७ लाई खोप लगाएको जसमा ५१ पशु रोगबाट संक्रमित भएका थिए त्यसमध्ये तीन पशुकाे मृत्यु भएकाे जनाइएको छ ।
त्यसैगरी वडा नम्बर ६ मा ७ सय १२ गाईगोरु मध्ये ७ सय ९ गाई गोरुलाई खोप लगाएको थियो । जसमा ५६ पशु रोगबाट संक्रमित भएका थिए । त्यसमध्ये १४ पशुकाे मृत्यु भएकाे नगरले जनाएको छ ।
वडा नम्बर ४ मा १ सय ८७ गाईगोरुमध्ये १सय ८६ गाईगोरुलाई खोप लगाएको जसमा ५१ पशु रोगबाट संक्रमित भएका थिए त्यसमध्ये पाँच पशुकाे मृत्यु भएकाे थियाे । वडा नम्बर ७ मा १ सय १४ गाईगोरुमध्ये १ सय १ गाईगोरुलाई खोप लगाइएको जसमा ८ पशु रोगबाट संक्रमित भएका थिए । साे वडामा भने यसबाट कुनैपनि पशुको मृत्यु नभएको नगरले जनाएको छ । वडा नम्बर ८ मा ६ सय ९८ गाईगोरु मध्ये ६ सय ९४ गाई गोरुलाई खोप लगाएको जसमा ५६ पशु रोगबाट संक्रमित भएका र त्यसमध्ये ८ पशुकाे मृत्यु भएका थियाे । वडा नम्बर ९ मा २ सय ६९ गाई गोरु मध्ये २ सय ६८ गाई गोरुलाई खोप लगाएको , ३१ पशु रोगबाट संक्रमित भएकाे र त्यसमध्ये ७ पशुकाृ मृत्यु भएका थियाे।
वडा नम्बर १० मा १ सय ५८ गाईगोरुमध्ये १ सय ५३ गाई गोरुलाई खोप लगाइएको जसमा ३१ पशु रोगबाट संक्रमित भएका नगरकाे तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी वडा नम्बर ११ मा ५सय ८९ गाई गोरु मध्ये ५ सय ७८ गाई गोरुलाई खोप लगाएको जसमा ६ ८ पशु रोगबाट संक्रमित भएकाे र त्यसमध्ये ७ पशुकाे मृत्यु भएका थियाे । वडा नम्बर १२ मा ३ सय १८ गाई गोरुमध्ये ३ सय १८ गाई गोरुलाई खोप लगाएको जसमा ५५ पशु रोगबाट संक्रमित भएका थिए त्यसमध्ये ८ पशु लम्पी स्किन रोगबाट मृत्यु भएका थियाे । वडा नम्बर १३ मा १ सय ४० गाई गोरुमध्ये १ सय १११ गाई गोरुलाई खोप लगाएको जसमा २६ पशु रोगबाट संक्रमित भएका थिए भने १ पशुकाे मृत्यु भएकाे थियाे ।

वडा नम्बर १४ मा ८ सय १ गाई गोरु मध्ये ६ सय १४ गाई गोरुलाई खोप लगाएको जसमा २ सय १६ पशु रोगबाट संक्रमित भएकाे , त्यसमध्ये २४ पशुकाे मृत्यु भएकाे थियाे ।
उता वडा नम्बर १५ मा ५१ गाई गोरु मध्ये ६ सय ४४ गाई गोरुलाई खोप लगाएको जसमा ५६ पशु रोगबाट संक्रमित भएका त्यसमध्ये १ पशुकाे मृत्यु भएकाे उल्लेख छ । वडा नम्बर १६ मा १ सय ६० गाई गोरु मध्ये १ सय २२ गाई गोरुलाई खोप लगाएको जसमा २३ पशु रोगबाट संक्रमित भएका थिए भने १ पशुकाे मृत्यु भएका थियाे । वडा नम्बर १७ मा २ सय २४ गाई गोरु मध्ये २ सय २ गाई गोरुलाई खोप लगाएको जसमा ३१ पशु रोगबाट संक्रमित भएका र एउटा पशुकाे मृत्यु भएको थियाे ।
गत वर्ष नगरका ५ हजार ९३ गाई गोरुमध्ये ४ हजार ७ सय ४८ पशुलाई खोप लगाएको , ८३६ संक्रमित भेटिएका थिए भने मृत्यु सङ्ख्या १०६ रहेको तिलोत्तमा नगपालिकाका पशु शाखाका नायव राजु कुँवरले जानकारी दिए ।
नगरकाे वडा नम्बर ३ ड्राइभर टोलमा बसोबास गर्ने कृषक पदम खड्काले आफूले पालेका ३० वटा गाईहरुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाएको जानकारी दिए ।
उनको फार्ममा रहेका ३० वटा गाईहरुमध्ये गत वर्ष छ वटा गाईलाई लम्पी स्किन रोग लागेको थियो । अहिले भने नगरपालिकाले रोग नभित्रिँदै खोप लगाइसकेको बताए । खड्का भन्छन् – ‘हामी किसानको मुख्य आधार पशुपालन नै भएकोले यसको सुरक्षा महत्वपूर्ण रहेको छ।’
लुम्बिनी प्रदेशमा यस रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ संक्रमति भएका छन् ।
चालू आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले लम्पी स्किन रोग प्रवेश हुनु अगाडिनै रोग विरुद्धको खोप लगाइसकेको छ ।
४ हजार ८ सय ५२ ले लम्पी स्किन रोगको खोप लगाएर सकेको तिलोत्तमा नगपालिका पशु शाखाका नायव राजु कुँवरले जानकारी दिनु भयाे ।
उनी बताउँछन् ,अहिले कुनै पनि पशुमा यो लम्पी स्किन रोग देखिएको छैन् । गत वर्ष तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रकम विनियोजन गरेको थियो।
अहिले भने बजेट विनियोजन नगर्दै रोग लाग्नु अगावै सबै गाईहरूलाई लम्पि स्किन रोग विरुद्धको खाेप लगाइसकेको बताउँछन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गत वर्ष यस राेगबाट धेरै पशुकाे मृत्यु भएकोमा यस वर्ष सचेत हुँदै रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिलेको विश्वास व्यक्त गर्नु गरे ।
प्रमुख खाँणले किसानको पशुधन सुरक्षाको लागि तिलोत्तमा नगरपालिकाले गत वर्ष नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको समेत व्यवस्था गरी नगरपालिका भित्र रहेका सबै पशुमा खोप लगाएको थियो। नगर प्रमुख खाँणले क्षति न्यूनीकरणका लागि रोग लागेका तथा रोग लाग्नु अघि नै नगरभित्र रहेका सबै पशुलाई खोप सञ्चालन गरिएको बताउँदै उहाँले लम्पी स्किन जस्तै अन्य महामारीबाट निम्तिने समस्याका लागि तयारी अवस्थामा सचेत हुनुपर्ने उल्लेख गरे ।
अहिले चालू आर्थिक वर्षमा रोग भित्रिनु अगावै रोग विरुद्धको खोप लगाई सकेको बताए ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्यूनीकरणका लागि नगरका कृषकहरुलाई अनिवार्य पशु बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।
राज्यले उपलब्ध गराउने सेवाबाट कोही पनि बञ्चित नहुनेगरी कृषकलाई बिमा कार्यक्रममा सहभागी हुन र नगरपालिकासँग समन्वय गर्न आग्रह गरिन् । नगरपालिकाभित्र किसानले पालेका गाई गोरुलाई लम्पी स्किनविरुद्धको खोप गत वर्ष महामारीरूपमा फैलिन थालेपछि थाहा पाएर लगाउन शुरू गरिएकाे थियो भने अहिले रोग लाग्नु अगावै रोगविरुद्धको खोप पशुमा लगाइसकेकाे बताइन् ।जसबाट पशुधनमा हुने क्षतिले किसानलाई मात्रै नभएर राष्ट्रिय उत्पादनमा समेत असर गर्ने भन्दै रोगबाट बचाउनको लागि आफ्ना पशुमा खोप लगाएर सहयोग गर्न आग्रह गर्नुभयो ।