प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

 

बिज्ञापन

तिलोत्तमा– तिलोत्तमा १४ का कृषक नरिश्वर सापकोटा पहिले करिब ५ बिगाहामा व्यवसायिक तरकारी खेती गर्थे । पछिल्लो समय उनी करिब ३० बिगाहामा तरकारी खेती गर्छन् । उनी समूहमा आवद्ध भएर तरकारी खेती गर्ने गरेका छन् । त्यहाँ उनीमात्र होइन उनीसँगै ६१ जना कृषकहरू आवद्ध छन् । नव सूर्य किरण तरकारी उत्पादन कृषक समूहको अध्यक्षसमेत रहेका उनले आफ्नो समूहले वार्षिक १ करोडभन्दा बढीको तरकारी उत्पादन गरेको बताउँछन् । उनी भन्छन् ” हामीले उत्पादन गर्ने तरकारीमा अन्य ठाउँको भन्दा बिषादी कम हुन्छ । यसैकारण हामीले उत्पादन गर्ने तरकारी सबैको रोजाईमा परेको छ । ” व्यवसायीहरु तरकारी लिन आफ्नै बारीमै आइपुग्ने र बुटवल , मणिग्राम , भैरहवाजस्ता ठाउँमा बिक्रीका लागि लैजाने गरेको सापकोटा बताउँछन् ।

बिज्ञापन

तिलोत्तमा नगरपालिकाले वडा नम्बर १४ लाई २०७५ सालमै तरकारी पकेट क्षेत्रको रुपमा तोकेपछि यहाँका किसान लाभान्वित भएका हुन् ।

बिज्ञापन

 

तिलोत्तमा १४ कै मुनीलाल लोध दुर्गानगरमा तरकारी खेती गर्न थालेको धेरै वर्ष भयो । वडा नम्बर १४ लाई पकेट क्षेत्र तोकिनुअघि परम्परागतरुपमा तरकारी खेती गर्ने गरेका उनी हाल डेढ बिगाहामा व्यवसायिक तरकारी खेती गर्छन् । नव सूर्य किरण तरकारी उत्पादन कृषक समूहमा आवद्ध उनी नगरपालिकाले पकेट क्षेत्र तोकिदिएपछि भने तरकारी उत्पादनका लागि आवश्यक मल , बिउ , उपकरण प्राप्त गरि सहज भएको बताउँछन् । त्यहाँबाट उत्पादन भएका तरकारी रुपन्देहीको ठुटीपिल , भलबारी , ड्राइभरटोल , बुटवललगायतका क्षेत्रमा पुग्ने गरेको कृषक लोधले बताए ।

यता नगरपालिकाको वडा नम्बर १२ लाई बाख्राको पकेट क्षेत्र तोकिएको छ । यहाँका किसान पनि नगरपालिकाले दिएको अनुदानमार्फत सहजरुपमा बाख्रा पालन गरिरहेका छन् । पहिले थोरै संख्यामा बाख्रा पालन गरेका किसान पकेट क्षेत्र तोकेपछि संख्यात्मकरुपमा बाख्राको संख्या बढेको कृषक विष्णु यादव बताउँछन् ।

२०७५ मा वडा नम्बर १२ लाई मकै पकेट क्षेत्र भनेर घोषणा गरियो । तर गत आर्थिक वर्षबाट यो वडा बाख्राको पकेट क्षेत्र भनेर घोषणा गरिएसँगै यहाँका किसान बाख्रा पालनमा दिनप्रतिदिन आकर्षित हुने क्रम बढेको कृषि शाखाले जनाएको छ । यस वडामा मकै खेतीभन्दा बाख्रातर्फ कृषकको ध्यान केन्द्रित भएको छ ।

नगरपालिकाले पकेट क्षेत्र भनेर तोकेपनि यो योजना कृषककै चाहानामा आधारित रहने कृषि शाखा प्रमुख दोमलाल भुसाल बताउँछन् । उनी भन्छन् -” हरेक आर्थिक वर्षमा कृषकहरूको निवेदन र योजनाको आधारमा पकेट क्षेत्र तेकिन्छ । यदि कृषकहरूको योजना र निवेदन परेन भने निवेदनकै आधारमा अन्यत्र पनि जान सक्छ । ”
पकेट क्षेत्रका कृषकका लागि वितरण गरिएका कृषि औजारको सहि सदुपयोग नहुँदा पकेट क्षेत्र परिवर्तन गर्न बाध्य हुने शाखा प्रमुख भुसाल बताउँछन् ।

नगरपालिकाले एक वडा एक पकेट क्षेत्रको योजना अघि सारेको नगर प्रमुख रामकृष्ण खाँण बताउँछन् ।
तर पछिल्लो समय भने नगरको खेतीयोग्य जमिनको क्षेत्रफल क्रमशः घट्दै गएको छ । रूपन्देहीबाटै र रूपन्देही बाहिबाट बसाइसराइ गरेर आउनेहरूको सङ्ख्या बढ्दै जाँदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री हुन थालेपछि खेती गर्ने जमिनको क्षेत्रफल घट्दै गएको हो ।

यसकारण पनि सबै वडा पकेट क्षेत्रमा तोकिन सकेका छैनन् । वडा नम्बर १,२,३ ,४ बाहेक अन्य सबै वडा कुनै न कु्नै पकेट क्षेत्रका रुपमा तोकिएका छन् । यी वडाहरुमा कृषिभन्दा आवसिय क्षेत्र बढी छन् । त्यसैले यी बाहेक अन्य १३ वटा वडा फरक फरक पकेट क्षेत्रको रुपमा तमेकिएको प्रमुख खाँणको भनाइ छ । वडा नम्बर ६ दूध पकेट क्षेत्र भनेर घोषणा भएको छ । वडा नम्बर ८ तेल्हन , वडा नम्बर १० मकै , वडा नम्बर ११ च्याउ , वडा नम्बर १३ माछा पकेट क्षेत्रका रुपमा छन् । वडा नम्बर १४ तरकारी , वडा नम्बर १७ खाद्यान्नमा पकेट क्षेत्रका रुपमा तोकिएका हुन् ।

नीति तथा कार्यक्रममा तिलोत्तमा नगरपालिकाले यस आर्थिक वर्षमा पनि कृषिलाई प्राथमिकता दिएको छ । कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो कृषि तिलोत्तमाको अभियान’ अन्तर्गत परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवम् वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने समावेश छ । यस्तै युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवम् उद्यमीहरुलाई पुरस्कृत गर्ने, विगतमा घोषणा गरीएका अन्न बाली पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, गहुँ पकेट क्षेत्र, तेलहन पकेट क्षेत्र, च्याउ पकेट क्षेत्र, बाखा पकेट क्षेत्र, दुग्ध उत्पादन पकेट क्षेत्र तथा मत्स्य उत्पादन पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी उक्त कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम समेटिएको नगर प्रमुख खाँणले बताए । यस्तैगरी पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, बाँझोपनको उपचार, विभिन्न रोगहरु विरुद्धका भ्याक्सिन दिने कार्यक्रमहरु थप व्यवस्थित गरी प्रभावकारी बनाइने, “एक खेतीः बहु आय नीति” अन्तर्गत पुष्प खेती गर्नेहरुलाई मौरी पालन गर्न मौरीको घार तथा धान खेतीमा हाँस पालन गर्न हाँसका चल्लाहरु अनुदानमा उपलब्ध गराउने, ‘गरौँ चक्लाबन्दी खेती’ अभियान अन्तर्गत १० विगाहा क्षेत्रफल वा सो भन्दा बढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० बिगाहा क्षेत्रफलभन्दा बढी जग्गामा समूह बनाई सामुहिक खेती गर्ने कार्यक्रम समेटिएको छ ।

प्रकशित मिति : २६ असार २०८२, बिहीबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त