भैरहवा – केही दिन अघि सार्वजनिक स्थानमा जथाभावी फोहोरमैला फाल्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बैंकरोडमा रहेको गुड हेल्थ फार्मेसी कार्वाहीमा परेको छ । फार्मेसीबाट निस्कने फोहरमैला जथाभावी फालेको भन्दै नगरले पत्र नै काटेर जरिवाना लिएको हो । नगरले पहिलो पटकको लागि सो फार्मेसीबाट रु ५००० जरिवाना लिएको हो । अर्को महत्त्वपूर्ण विषय के छ भने सो फार्मेसी नगरको वडा न ५ कि जनप्रतिनिधि किरण देवी सुनारको हो । सुनारले
आफैँले लगाएको नियममा आफैँ पर्दा हाँसी हाँसी जरिवाना तिरेर अभियानलाई सहयोग पुर्याएकी हुन् । उनी भन्छिन् ( ूफार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु । ू उनले आफ्नो फार्मेसीका कर्मचारीलाई पटकपटक सम्झाएकी पनि थिइन् । तर कर्मचारीले लापरबाही गर्दा उहाँको फार्मेसी जरिवानामा पर्यो ।
वडा सदस्य सुनारले नगरले तिराएको जरिवानाले पछिल्लो समय नगरका वडा नम्बर ५ ,१२ र १३ सफा भएको बताइन् । उनी भन्छिन् ( यी वडाहरु एकआपसमा सिमानामा छन् । नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छन् । विभिन्न कारण कुरुप बनिरहेको नगर अब भने स्वच्छ हुनेछ ।ू
यो एक उदाहरण मात्र हो । नगरपालिकाले पछिल्लो समय विभिन्न क्षेत्रमा कडाइ गर्दै कार्वाही गर्ने र जरिवाना लिने कामलाई तिब्र बनाएको छ । नगरपालिकाले फोहरमैला , छाडा चौपाया , दर्ताबिना चलेका ई(रिक्साको व्यवस्थापनका लागि पटक पटक आग्रह गरेको र अटेरी गर्नेलाई कार्वाही गर्दै जरिवाना असुल गर्न सुरु गरेको हो ।
नगरले अब कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने सोँचमा छ । तर फोहरमैला व्यवस्थापन र छाडा चौपायाको व्यवस्थापन सम्बन्धि कार्यविधि अहिलेसम्म बनेको छैन् । यो काम अब भने अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
नगरले फोहरमैला जथाभावी फाल्नेहरुका लागि हालसम्म ११ जनालाई कार्वाही गरि जरिवाना तिराएको छ । प्रतिव्यक्ति रु ५००० हजारका दरले रु ५५००० राजश्व संकलन गरेको छ । त्यी ११ वटा नगरका विभिन्न वडाका व्यवसायीहरु हुन् । जसमा वडा नम्बर १२ को एक फेन्सी पसल , वडा नम्बर ५ को केजी एन फ्रुट एण्ड भेजिटेबल सप्लायर्स , वडा नम्बर १२ को श्री बेबी ल्याण्ड , वडा नम्बर ५ को हरिओम फूलघर , वडा नम्बर ५ कै गणेश लक्ष्मी कलेक्सन , ५ कै राजु किराना पसल , वडा नम्बर ३ बैंकरोडको सिद्धार्थ प्याथोलोजी जरिवानामा परेका हुन् । त्यसैगरी वडा नम्बर ५ बैंकरोडकै गौतम ट्रेड सप्लायर्स , वडा नम्बर १३ को गुड हेल्थ फार्मेसी , वडा नम्बर ९ को रुपन्देही नर्सरी एण्ड फार्म कार्वाहीमा परी जरिवाना बुझाएका हुन् ।
दर्ताबिना सञचालित ईरिक्सास्
पछिल्लो समय नगरले दर्ताबिना नगरमा सञ्चालनमा रहेका ईरिक्सालाई सोत कार्वाही गरेको छ । नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ईरिक्सा दर्ता प्रकृयाको लागि
पटकपटक नगरभरि सूचना जारी गर्दासमेत अटेर भई दर्ता नगरी सञ्चालन भैरहेका ३५ वटा रिक्सालाई जरिवाना तिराएको छ । प्रतिव्यक्ति रु ५ हजारकै दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरको आग्रहलाई अटेर गरि सञ्चालन गरिरहेका ईरिक्सा दैनिकरुपमा ५ वटा कार्वाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले बताए ।
दर्ताबिना सञ्चालन भएका ईरिक्सा व्यवस्थापनका लागि कडाइ गरिरहेको समयमा गत महिना नगरको वडा नम्बर ४ कि ९ वर्षिय एक बालिका खेल्दै गरेको समयमा हराउन पुगिन् । हालसम्म कुनै पत्ता नलागेको तर त्यी बालिका त्यहीँबाट ईरिक्सामा चढेको देखिएको उपप्रमुख उमा अधिकारीले बताइन् । उनी भन्छिन् ू दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । दर्ता नभएको रिक्सा जहाँ जस्ले जे गरेपनि भयो । त्यसैले दर्ता अति नै आवश्यक छ । ू उपप्रमुख अधिकारीले सबैलाई नियममा ल्याउन खोजिएको बताइन् ।
अहिलेसम्म यसको कार्यविधि नगरले बनाएको छैन् । उहाँले यो प्रकृयालाई पहिले नै अगाडि नबढाएकोमा अहिले पछुतो भएको बताइन् । हालसम्म नगरमा ६३५ वटा ईरिक्सा दर्ता भई सञ्चालनमा रहेका छन् ।
छाडा चौपाया स्
त्यस्तै दुर्घटनाको जोखिम बढाउने छाडा चौपायालाई सडकमा जथाभावी छाड्नेहरुलाई पनि नगरले कार्वाही गर्ने गरेको छ । पछिल्लो समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरिएको हो । हालसम्म चार जनालाई चौपाया छाडा छोडेबापत प्रतिव्यक्ति रु ७००० का दरले नगरले जरिवाना तिराएको राजश्व शाखा अधिकृत कमल कान्त खनालले बताए ।
अभियानअन्तर्गत हालसम्म ११५ वटा गाई गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव ९भोला०ले जानकारी दिए ।
प्रवक्ता भोलाले वाणगंगा नगरपालिकासँग समन्वय गरी व्यवस्थापन गरेर छाडा गाईगोरुलाई व्यवस्थापन गरिएको बताए । जिल्ला प्रहरी कार्यालयले पनि यस कार्यमा सहयोग गरिरहेको प्रवक्ता यादवको भनाइ
छाडा चौपायाको व्यवस्थापन गरेसँगै अहिले नगरमा सुन्दरता थपिएको छ । भने छाडा चौपायाका कारण हुने अस्तव्यस्त सडक व्यवस्थित बनेको छ ।
छाडा चौपाया आफ्नो भनी दाबी गर्न आएका दुई जनालाई सात हजारका दरले जरिवाना गरेर गाई जिम्मा लगाएको प्रवक्ता यादवको भनाइ छ ।
छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकको लागि सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो ।