प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

राष्ट्रिय युवा संघ रुपन्देहीको चैत २९ गते जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

बुटवल – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय सुख्खानगरमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले यही चैत २९ गते बुटवलमा जागरण सभा गर्ने निर्णय भएको छ । सो सभालाई सम्बोधन गर्न २९ गते प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा आउने युवा संघ रुपन्देहीले जनाएको छ । साथै युवा संघले सो सभामा ५००० को संख्यामा मोटरसाइकलहरु उपस्थित गराई प्रधानमन्त्री ओलीलाई स्वागतका लागि कार्यक्रम स्थलमा प्रवेश गराउनेजस्ता विभिन्न एजेन्डामा छलफल गरी निर्णय गरेको हो ।

बिज्ञापन

बिज्ञापन

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी महासचिव सुमन पुरीको प्रमुख आत्थित्यतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य केशब रोक्का , स्थाई कमिटी सदस्य द्बय किरण नेपाल,दिननाथ भट्टराईको उपस्थिति रहेको थियो ।

बिज्ञापन

त्यसैगरी युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य
श्रद्धा कुँवर, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुरज खरेल,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्यौपाने, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे , जिल्ला सचिवालय सदस्य ऋिसिराम पाण्डे,राजेन्द्र ढकाल,नहकुल शाही नेकपा एमाले जिल्ला कमिटी सदस्य  कृष्ण मल्ल ठकुरी ,चक्रपाणी तिवारी , राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर पाण्डेय, सुनिल ओली ,राज कुमार थापा,बिमल के।सी , पालिका कमिटी अध्यक्षलगायतको उपस्थितिमा सम्पन्न बैठकको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सचिव दिपेश कडेलले गरेका थिए ।

 

प्रकशित मिति : २३ चैत्र २०८१, आईतवार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
सरकारले डोजर चलाएपछि अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना
ताजा खबर
अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन