प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु

सैनामैना – सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सैनामैना दलित उत्थान समिति सैनामैना रुपन्देहीको व्यवस्थापनमा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु भएको छ ।

बिज्ञापन

‘सीप सिकौं आत्मनिर्भर बनौँ ’ भन्ने मूल नाराका साथ दलित समुदायको सीप विकासका लागि आधारभूत सुनचाँदीका गरगहना बनाउने कालिगढ तालिम सैनामैना ८ बासगढिमा सुरु गरिएको छ ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले नगरपालिकाले दलित ,सिमान्तकृत र लक्षित समुदायको आर्थिक सशक्तिकरणका लागि बजेट व्यवस्थापन गरि प्रत्येक आर्थिक वर्षमा विभिन्न सीपमुलक, उत्पादनमुक तालिमहरु दिई आर्थिक रुपमा आत्मनिर्भर बनाउन जोड दिइरहेको बताइन् ।
कुनै पनि काम ठुलो सानो नहुने भन्दै उनले सुनचाँदी बनाउने सीपलाई सम्मान गरि तालिमपछि सकेसम्म व्यक्तिगत नसके समुहमा मिलेर उत्पादनलाई जोड दिई आफ्नो आर्थिक स्थिति सुधार गर्न सहभागीहरुलाई आग्रह गरिन् ।

बिज्ञापन

कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिका योजना शाखाका योजना शाखा प्रमुख केशवराज अर्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरि नगरपालिकाको लगानी खेर जान नदिई उद्यमशिलतामा अगाडि बढ्न सहभागीहरुलाई सुझाव दिए। उनले सहभागीहरुले उत्पादन गरेका सामग्रीहरुलाई बजारसम्म पुर्याउन नगरले समन्वयकारी भुमिका खेल्ने बताए ।

सैनामैना नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सुरज बरालले तालिम लिसकेपछि सानो लगानीमा व्यवसाय सुरु गर्न सकिने भएकाले राम्रोसँग सिक्न जरुरी रहेको बताउँदै व्यवसाय गर्न नसक्नेहरुका लागि सुनचाँदी व्यवसायीसँग समन्वय गरेर रोजगारको व्यवस्था गरिदिने प्रतिवद्धतासमेत गरे ।

कार्यक्रम संयोजक विजय गजमेरले तालिमले स्थानिय व्यावसायीलाई सुनचाँदी बनाउनका लागि चाहिने कालिगढ उत्पादन गर्न सकेमात्र कार्यक्रम फलदाई रहने बताए ।

सैनामैना दलित उत्थान समितिका निवर्तमान अध्यक्ष अम्बिका परियारले तालिम तालिममा मात्रै सिमित हुन नहुने भन्दै सीप सिकेपछि सानो लगानीमा भएपनि उत्पादनमा जोडिनु पर्ने बताइन् ।

कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सभापति सुरज बराल, कार्यपालिका सदस्य माया बिक , डोल बहादुर सिन्धौली , टेक बहादुर बिक , वडा ८ का वडा सदस्यहरु सुमित्रा परियार , सैनामैना सुनचाँदी व्यवसायी संघ सैनामैनाका अध्यक्ष निर्मल कालिराज , रुपन्देही सुनचाँदी व्यावसायि संघ रुपन्देहीका जिल्ला सदस्य दुर्गा गौतम , सचिव गौतम , सामुदायिक जागरण विकास मञ्च रुपन्देहीका अध्यक्ष राम बहादुर बिक ,कुमार नेपाली लगाएतको उपस्थिति रहेको थियो ।

सैनामैनाका सबै वडाबाट १५ जना दलित युवा युवतीहरुको सहभागिता रहेको ६५ दिने सो तालिमको सहजिकरण व्यवसायी सागर सुनार , विजय गजमेरले गर्नेछन् ।

कार्यक्रम सैनामैना दलित उत्थान समितिका अध्यक्ष जयलाल बिकको अध्यक्षता , उपाध्यक्ष सीता दर्नालको स्वागत मन्तव्य तथा महासचिव माया रसाइलीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकशित मिति : १५ घण्टा अगाडि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

वर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या घट्दै : विश्वास भने अस्पतालमै
शिक्षक आन्दोलनको १७ औं दिन
सेजको स्थलगत अनुगमन
लुम्बिनीका मुख्य न्यायाधिवक्ताद्वारा कारागार अनुगमन जारी, सुधारका लागि निर्देशनात्मक सुझाव
रुपन्देहीको तिलोत्तमा १ को शिव कालिका मन्दिर पुनः निर्माण हुने
भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान
चालक र मजदूरको हितमा भलाई कोषको योगदान महत्वपूर्ण
शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
ताजा खबर
वर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या घट्दै : विश्वास भने अस्पतालमै
सेजको स्थलगत अनुगमन
सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु
लुम्बिनीका मुख्य न्यायाधिवक्ताद्वारा कारागार अनुगमन जारी, सुधारका लागि निर्देशनात्मक सुझाव
रुपन्देहीको तिलोत्तमा १ को शिव कालिका मन्दिर पुनः निर्माण हुने
भलाई कोषको स्थापना दिवसमा ७६ जनाद्वारा रक्तदान