बुटवल – यातायात मजदुर तथा व्यवसायी भलाई कोषले आफ्नो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वास्थ्य परिक्षण तथा मूल समारोह गरी संस्थाले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा मजदूर, यातायात व्यवसायी तथा अन्य शुभेच्छुकहरुले समेत रक्तदान गरेका थिए ।
संघले स्थापना दिवसका अवसरमा हरेक वर्ष रक्तदान गर्दै आइरहेको संघका महासचिव योग गुरुङले बताए । त्यस्तै बुधबार सचिवालयमा मर्सि सिटी अस्पताल प्रालिको प्राविधिक सहयोगमा व्यवसायीहरुको मधुमेहको परीक्षण गरिएको संस्थाका उपाध्यक्ष तथा संयोजक छवि थापाले बताए ।