तिलोत्तमा – रुन्देहीको तिलोत्तमा २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वन वाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लागेको छ ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन वन वाटिकामा दर्शकको घुँइचो बढेको हो । नेपाललका १०० पर्यटकीय गन्तव्यमध्य पर्ने वनवाटिकामा पछिल्लो समय थपिँदै गएका विभिन्न आकर्षणले पर्यटकको ओइरो लाग्ने गरेको हो ।
यहाँ रहेका विभिन्न पार्कहरु , गत चैतबाट थपिएको द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ , जिपलाइन , जाइन्ट स्वीङ पिङ त्यस्तै बाल उद्यान , फाउण्टेन , शान्त मनोरम दृश्य , प्राकृतिक हरियाली , पिकनिक स्पट , खुल्ला क्षेत्रजस्ता विविध कारणले वाटिकामा मानिसहरुको भीडभाड हुने क्रम बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताए ।
नयाँ वर्षको दिन २० हजार बढी रुपन्देही र आसपासका पर्यटक वनवाटिका भित्रिएको अध्यक्ष पाण्डेले दावी गरे । सोमबार नै ३० भन्दा बढी पिकनिक स्टलसमेत बुकिङ भएका थिए । अध्यक्ष पाण्डेले भने -” पिकनिक स्टलको संख्या बाहेकको संख्या २० हजार हो ।” साँझसम्म नै दर्शकहरु आउने क्रम जारी थियो ।
साँझसम्म यो संख्या २० हजार बढी पुगेको हो । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका , ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको लागि निशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताए ।
वनवाटिकामा नवज्योति युवा क्लव नयाँ वर्षको दिन सबेरैबाट सवारी व्यवस्थापनमा तिव्ररुपमा सक्रिय बनेको थियो ।