अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त

अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलोपटक महिलाले सेनाको नेतृत्व सम्हाल्ने हुनु भएको छ । रक्षामन्त्री रिचर्ड मार्लेसले लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अस्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । झन्डै तीन दशक लामो सेवाका क्रममा ५५ वर्षीया कोयलसँग सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा काम गरेको अनुभव छ । […]
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज शल्यक्रिया गरेर ओलीको पित्तथैलीबाट २२ एमएमको ढुङ्गा निकालिएको छ । शल्यक्रियापछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ । गएको चैत १३ गते नयाँ सरकार गठन भएको भोलिपल्ट ओली नवयुवा आन्दोलनमा दमन गरेको […]
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै

काठमाण्डौ – प्रतिनिधिसभामा सञ्चालन नियमावलीको नयाँ मस्यौदा तयार गर्ने काम भइरहेको छ । नयाँ पुस्ताको राजनीतिक उदय र बदलिँदो जनअपेक्षाबीच संसद्लाई थप प्रभावकारी बनाउने उद्देश्यले एक विशेष समितिले यो काम अघि बढाइरहेको छ । वरिष्ठ पत्रकार जगत नेपालकाअनुसार संसद्को वास्तविक शक्ति सङ्ख्यामा नभई बहसको गुणस्तर र प्रतिपक्षलाई दिइने सम्मानमा निहित हुन्छ । २०४८ सालका सभामुख […]
घट्यो सुन चादिको भाउ

काठमाण्डौ — आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार एक सय रुपैयाँ रहेकोमा आज ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार […]
वैशाख महिनाका लागि ९ वटा बैंकले ब्याजदर घटाए, १० वटाको स्थिर

काठमाण्डौ — बाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । २० वटा बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन्, १० वटाको स्थिर छ भने कृषि विकास बैंकले व्याजदर बढाएको छ । सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले […]
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण : धेरैजना सुनका धनी

काठमाण्डौ — प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । हिजो सार्वजनिक भएको सम्पत्ति विवरण हेर्दा धेरैको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको […]
सरकारी काममा हुने ढिलासुस्ती अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान’

काठमाण्डौ — सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि विशेष अभियान सञ्चालन गर्दैछ । आजदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुन लागेको हो । ेकार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति रोक्न ‘शून्य बाँकी फाइल अभियान’ शुरु गरिएको […]