प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कांग्रेसले बनायो विभिन्न समिति, असन्तुष्ट पक्षसँग संवाद गर्ने जिम्मा गगनलाई

काठमाडौँ, नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ।

बिज्ञापन

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बुधवार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्यूरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो।

बिज्ञापन

पार्टीको १५औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ।

बिज्ञापन

पार्टीका पुराना नेताहरू, पूर्वपदाधिकारीसँग संवाद गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रवक्ता चालिसेले बताए। बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठान उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ। यसले कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने र नेतृत्व विकासका तालिमहरू सञ्चालन गर्नेछ।

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको ‘निर्वाचन ब्यूरो’ गठन गरिएको छ। यसले निर्वाचनको रणनीति बनाउने, सूचना संकलन गर्ने र सम्भावित उम्मेदवारहरूको पहिचान गर्ने कार्य गर्नेछ। महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सह–महामन्त्रीहरू बद्री सिंह लामा र मुक्ता यादव सदस्य रहेको संगठन सञ्चालन र समन्वय संयन्त्र बनाइएको छ।

१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापन गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सह–महामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको सदस्यता व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए।

त्यसतै संसदभित्र र बाहिर रहेका दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य र संवाद गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको नेतृत्वमा वार्ता संवाद समिति बनाइएको छ।

पार्टीको अनुशासन समितिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको सन्दर्भमा बोल्दै प्रवक्ता चालिसेले विधानभन्दा माथि कोही नभएको बताए।

अनाधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग भएको विषयमा अनुशासन समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र यसको मर्यादा राख्नु सबै नेता–कार्यकर्ताको कर्तव्य भएको उनको भनाइ थियो।

सरकारले ल्याएको राष्ट्रिय प्रतिबद्धताको साझा अवधारणा र संविधान सुधारका विषयमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए। बहुदलीय व्यवस्था, संसदीय प्रणाली र कार्यान्वयनको पक्षमा यसले पार्ने प्रभावबारे थप विश्लेषण आवश्यक रहेको भन्दै चालिसेले यसबारे भोलिको बैठकले निर्णय लिने बताए।

कांग्रेस केन्द्री समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।

प्रकशित मिति : २ बैशाख २०८३, बुधबार १९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना