प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाण्डौ , नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।

बिज्ञापन

पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५र२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ भाउ बढेको छ । यस्तै निगमले हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले भाउ बढाएको छ ।

बिज्ञापन

नयाँ मूल्यसूची अनुसार अब काठमाण्डौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

यस्तै पहिलो वर्गमा पेट्रोलको भाउ २१६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ २०४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा पेट्रोलको भाउ २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २०६ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि भाउ बढाउनुपरेको निगमको दाबी छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।

प्रकशित मिति : २७ चैत्र २०८२, शुक्रबार ०७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना