प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ ९संशोधन सहित० तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल्ने गरेको तथ्य फेला परेको भन्दै यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बिज्ञापन

विद्यालय सञ्चालन जस्तो जिम्मेवार क्षेत्रमा यस्ता गैरकानुनी कार्य अशोभनीय मात्र नभई दण्डनीय हुने मन्त्रालयले स्पष्ट पर्दै कानुनी व्यवस्था र अदालतको आदेशअनुसार शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना गर्न तथा तोकिएको मापदण्डबाहेक अन्य शुल्क नलिन निर्देशन दिइएको छ।

बिज्ञापन

मन्त्रालयले स्थानीय तहहरूलाई समेत निर्देशन दिँदै कानुनविपरीत असुल गरिएको भर्ना शुल्क अभिभावकलाई फिर्ता गराउन आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन, २०२८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सबै पक्षलाई कानुन पालना गर्न आग्रह गरेका छन् ।

 

प्रकशित मिति : २३ चैत्र २०८२, सोमबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना