प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

जातीय विभेदविरुद्ध सामाजिक अन्तरघुलन अभियान सकियो : अभियानले विभेद हटाउन सहयोग पुगेको विश्वास

 

बिज्ञापन

तिलोत्तमा – जातिय विभेदविरुद्ध सामाजिक अन्तरघुलन कार्यक्रमको समापन गरिएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च, रुपन्देहीको व्यवस्थापनमा सञ्चालित अभियान तिलोत्तमा नगरपालिका वडा नं ४ मा समापन भएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले जातिय विभेद मानव समुदायको लागि कलंक र सामाजिक अपराध भएकाले टोलमा सबैले समान व्यवहार गर्नुपर्ने बताए । क्षेत्रीले महिला र पुरुष मात्रै जात भएकाले समाजमा कहीँ कतै जातीय विभेद गरेको पाइएमा वडामा खबर गर्न आग्रह गर्दै त्यस्ता व्यक्तिलाई कडा कारबाही गरिने बताए ।
तिलोत्तमा नगरपालिकाका योजना शाखा अधिकृत माधव पोख्रेलले प्रशिक्षण दिदै २१ औं शताब्दीमा पनि अझै पनि दलित समुदायमाथि जातिय विभेदका घटनाहरु भएको बताए । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले विभेद न्यूनीकरणका लागि सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।

बिज्ञापन

तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य रवि सेञ्चुरीले जातिय विभेद अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरी बजेट नै छुट्टाएर विभिन्न वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गरिएको बताए । उनले तिलोत्तमा नगरपालिका वडा नं। ६, १४, १० , ९, ८ र ४ वडा गरी पालिकाका ६ वटा वडामा सामाजिक अन्तरघुलन कार्यक्रम गरिएको बताउँदै सबै प्रकारको विभेद अन्त्यका लागि टेवा पुग्ने बताए ।
सामुदायिक जागरण विकास मन्चका अध्यक्ष राम बहादुर विश्वकर्माले दलित समुदायलाई धारा, मठ मन्दिरमा प्रवेश गर्दा जातिय विभेदका घटना घट्ने क्रम बढेको बताउँदै त्यसको अन्त्य गरी समतामुलक समाज निर्माणका लागि पहल गर्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले चैत ११ देखि २० गतेसम्म पालिकाका विभिन्न वडामा जातिय विभेदविरुद्ध सामाजिक अन्तरघुलन कार्यक्रम गरेको थियो । सो कार्यक्रममा अवधिभर करिब ३ सय २१ जनाको सहभागिता रहेको थियो ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेञ्चुरीको अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाका वडा नं-४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको र कार्यक्रम तिलोत्तमा-४ का वडा सचिव काशिराम ज्ञवालीले सञ्चालन गरेका थिए ।

प्रकशित मिति : १ हप्ता अगाडि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
रुपन्देहीमा चैत महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ
सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण शिविर
वनवाटिकामा दर्शकको ओइरो र २० हजार बढी भित्रिए
वनवाटिकामा सवारी व्यवस्थापन नवज्योति युवा क्लव सक्रिय , ट्राफिक प्रहरीको संलग्नता शून्य
कांग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्यो
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
व्यवसायीहरु सचेत र चनाखो बन्नुपर्छ : नगर प्रमुख खाँड
ताजा खबर
शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
रुपन्देहीमा चैत महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ
वनवाटिकामा दर्शकको ओइरो र २० हजार बढी भित्रिए
वनवाटिकामा सवारी व्यवस्थापन नवज्योति युवा क्लव सक्रिय , ट्राफिक प्रहरीको संलग्नता शून्य
कांग्रेसले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्यो
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन