प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

उज्यालो शहर बुटवलकाे मुख्य चाेक र सडक उज्यालो , भित्री बुटवल भने अँध्यारो

बुटवल-गत साउन १५ मा बुटवललाई उज्यालो सहर बनाउने उदेश्यले बुटवलका विभिन्न ठाउँमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरियो । साे अवसरमा  उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलकाे नयाँ बसपार्कमा हाइमास्ट लाइटको स्विच थिचेर गरेर उद्घाटन गरे । यस्ता लाइट बुटवलको विभिन्न २१ ठाउँका चोक तथा चौराहामा जडान गरियाे । यसका लागि २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपियाँमा नेपाल पावर सोलुसन प्रालि हेटौँडासँग २०८० माघ १२ मा ठेक्का सम्झौता भएकाे थियाे ।
यही सम्झौताअनुसार बुटवलका मुख्य सडक , चोक, चौराहा र सार्वजनिक स्थलहरूमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरिएको थियाे । जडान गर्न बाँकी रहेका स्थानमा भने चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरिएको हाे ।बुटवललाई उज्यालाेकाे शहर बनाउने अभियानअन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको साे अवसरमा नगरप्रमुख पाण्डेले बताए । बुटवलका विभिन्न २१ ठाउँका चोक तथा चौराहाका ४ स्थानमा १० मिटर , ७ स्थानमा १२ दशमलव ५ मिटर र १० स्थानमा १६ मिटर अग्ला लाइट जडान गरिएको हाे । याे सबै बुटवल उपमहानगरपालिकालाई उज्यालै उज्यालोकाे शहर बनाउने उदेश्यले गरिएको थियाे ।
बुटवलमा उपमहानगरपालिकाकाे गेट , नेपाल टेलिकम अगाडि , होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान गरिएको थियाे । त्यस्तै बिपी चोक , जेसिज चोक , तीनकुने चोक , टक्सार चोक , देवीनगर चौपारी चोक , देवसिद्ध चोक , वधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा र बुटवलको योगीकुटी , कालिका चोक , बसपार्क , भुड्की चाेक , पुरानो बसपार्क , लक्ष्मीनगर गेट , बिटीआई चोक , सब्जी मण्डी चाेक , राजमार्ग चौराहा , जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १० वटा लाइट जडान गरिएकाे उपमहानगरकाे शहरी पूर्वाधार महाशाखाले जनाएको छ ।

बिज्ञापन

बुटवललाई उज्यालाेकाे शहर बनाउने अभियानअन्तर्गत बुटवलका मुख्य चाेक र बजार क्षेत्रमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिए पनि बुटवलका अन्यत्र भित्री क्षेत्रमा भने अन्धकार छ । चहलपहल भैरहने बुटवल वडा नम्बर ११ काे नहरपुर चाेक ,  दुर्गानगर , वडा नम्बर ११ र वडा नम्बर १३ जाेड्ने पक्की पुल , नहरपुर मावि जाने चाेक , ज्ञानपुञ्ज स्कुल क्षेत्र , सृजनानगर – बुद्धनगर – तिलाेत्तमा नगर सिमाना सशस्त्र क्याम्प क्षेत्रमा अन्धकार भएकाे बुटवल ११ का वडा सदस्य नहकुल शाहीले बताए । ” बुटवललाई उज्यालो शहर बनाउने भनिएपनि बुटवलका भित्री ठाउँहरु उज्यालो हुन सकेनन् । ” शाहीले भने ।
आवागमन बढी हुने बुटवलका विभिन्न क्षेत्रमा अन्धकार भएकाे त्यहाँका स्थानीयले समेत बताउँछन् । स्थानीयकाे
त कुरै छाेडाैँ उज्यालो नहुँदै विद्यालय जानुपर्ने र राति भएपछि विद्यालयबाट घर फर्किनुपर्ने नवीन औद्याैगिक कदरबहादुर रीता माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीसमेत अन्धकारकाे चपेटामा परेका छन् । उनीहरू ओहाेरदाेहर गर्ने बाटाेमा बत्ती नहुँदा उनीहरू त्रसित हुनुपरेकाे छ ।

बिज्ञापन

साे विद्यालयकाे कक्षा १० मा पढ्ने आरती ज्ञवाली भन्छिन् – ” बिहानै झिसमिसेमा घरदेखि विद्यालय निस्किनुपर्छ । घरबाट  विद्यालय नपुग्दासम्म र साँझ विद्यालयबाट घर नफर्कदासम्म मनमा डर लागिरहन्छ ।
उनी भन्छिन् – ” कक्षा १० मा एसईई दिनुपर्ने बिहानै विद्यालय पुग्ने र साँझ अँध्यारोमा घर पुग्ने बाध्यता छ । दिनभर विद्यालयकाे पढाइमा व्यस्त हुने र राति घर नपुग्दासम्म मनमा डर भैरहन्छ । सुरक्षितरुपमा घर पुग्छु वा पुग्दिनँ भन्ने अन्याैल छ । ”
आरती भन्छिन् – ” बुटवल ११ काे माझगाँउ चाेकदेखि वाणिज्य क्याम्पसपछाडिको गेट भएको बाटाेतर्फ लाइट नहुँदा अन्धकार छ । अन्धकार हुँदा दुर्घटना हुने सम्भावना बढी छ । ” बुटवल ११ काे थापाथली पथमा पनि बत्ती नभएको उनी बताउँछिन् ।
साेही विद्यालयकाे कक्षा १० मै पढ्ने मञ्जली नेपालीकाे पनि समस्या उस्तै छ । उनी पनि अँध्यारो बाटाेमा डराएर हिँड्नुपर्ने बाध्यता छ । उनलाई पनि अँध्यारो बाटाेबाट सुरक्षितरुपमा घरका पुग्छु या पुग्दिनँ भन्ने डर हुन्छ । साेही विद्यालयमै कक्षा १० मा पढ्ने अनामिका चाैधरीकाे पनि उस्तै अवस्था छ ।
बिहान झिसमिसेमा विद्यालय जाने र साँझ विद्यालयबाट घर फर्किने विशेषगरी एसईईकाे परीक्षा दिने विद्यार्थी बढि मारमा परेकाे स्वयम् विद्यार्थीले गुनासो गरिरहेका छन् ।
यता साविक माेतिपुर गाविस हाल बुटवल वडा नम्बर १७ उज्यालो झिलिमिलीकाे नजिकै रहेपनि पहिलेदेखि नै  बत्तीमुनिकाे अँध्यारोकाे रुपमा उपमा पाएकाे ठाउँ हाे । हाल पनि बुटवलकाे खाेलापारी रहेकाे वडा नम्बर १७ काे रानीगञ्जलगायत भित्री धेरै ठाउँ अन्धकार छन् ।
१७ नम्बर वडाका वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले यहाँका पिँढीखाेले टाेल , माेतिपुर टाेल , हरिहरपुर टाेल , नहर टाेललगायत १५ वटै टाेलका भित्री गाउँमा चाहेजस्तो उज्यालो नभएको बताए । उज्यालो शहरकाे संज्ञा पाएकाे नगर भित्रभित्रै अँध्यारो हुँदा स्थानीय सर्वसाधारणहरुले सास्ती भाेग्नुपर्ने बाध्यता छ । यही वडाकाे नमस्ते टाेल बस्ने एस्तर माझीले घर नजिकै वन क्षेत्र रहेकाे र बत्ती पनि नहुँदा रातिमा समस्या हुने बताइन् ।
बुटवलकै वडा नम्बर १९ का वडा अध्यक्ष चन्द्र सिंह थापाले बुटवलका मुख्य चाेक र बजार क्षेत्रमा मात्र नगरकाे ध्यान गएको बताए । उनी भन्छन् – ” बुटवल भनेकाे वडा नम्बर १ देखि १९ सम्मकाे क्षेत्र हाे । तर नगरकाे ध्यान मुख्य मुख्य बजारमा मात्र गयाे । नगरले सबैलाई समेट्न सक्नुपर्छ । ” वडा अध्यक्ष सिंह भन्छन्  – “हाम्रो वडामा १२ वटा टाेल छन् । प्रत्येक टाेललाई ११ वटाका दरले स्ट्रेट लाइट चाहिन्छ । तर नगरले मात्र रु ५ लाख दिएकाे छ । याे रकमले छेउ पनि लाग्दैन । तर पहिलेकाे तुलनामा हालभने केही मात्रामा उज्यालो छाएको वडा अध्यक्ष सिंह बताउँछन् ।
यस्तै बुटवलको वडा नम्बर १३ काे बेलबास टाेल , न्युरे टाेलका सडकहरु अन्धकार छन् । वडा नम्बर १३
न्युरे टाेल विकास संस्थाका अध्यक्ष गिता बन्जाडेले
राष्ट्रिय पथ , हरिशंकर पथ , धर्म पथ , देउराली पथ , श्रेष्ठ पथ अन्धकार भएकाे बताइन् । गिता भन्छिन् – हाम्राे टाेलका अन्य पथहरु न उज्यालो न अँध्यारो अवस्थामा छन् । ”

बिज्ञापन

उज्यालो सहरका रूपमा विकसित गर्दै रात्रिकालीन बजारलाई पनि चलायमान बनाउन याे अभियान सञ्चालन गरिए पनि यही क्षेत्रका सडकका पाेलहरु रित्तै छन् । यसैपनि अँध्यारो त्यसमाथि आवागमन र चहलपहल बढी भैरहने ठाउँमा हाेडबाजी गर्दै सवारीसाधन चलाउनाले सडक दुर्घटनाको जाेखिम बढ्दाे छ । अर्काेतर्फ चाेरीका घटनामा कमी आउन सकेकाे छैन् । त्यी स्थान उज्यालो छ त केवल स्थानीय सर्वसाधारणका घर र पसलमा बलेका लाइटहरुले मात्रै छन् । विभिन्न सभासमाराेह र कार्यक्रमहरुमा बुटवललाई उज्यालै उज्यालाेकाे शहर बनाउने अभियान हाल भने भाषणमा मात्रै सिमित भएकाे बुटवलका स्थानीय बताउँछन् ।

प्रकशित मिति : २१ पुष २०८१, आईतवार १७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना