प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । नन्दिता र अरविन्द्रकाे विवाह समारोह काठमाडाेँकाे एक हाेलटमा आयाेजना गरिनेछ । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएकाे छ।

बिज्ञापन
विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रङ्ग पत्रकारको उपस्थिति थियो । जसमा उनी निकै खुसी देखिएकी थिइन् ।

नन्दिताले केही अगाडि प्रेमी अरविन्द्रसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् ।

बिज्ञापन
नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जङ्गबहादुरको कोट’  ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।
स्रोत :रातोपाटी
प्रकशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना