प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

७ महिला फिल्मकर्मी सम्मानित, मन्त्री शर्मा भन्छिन्- फिल्म क्षेत्रमा महिलाको सक्रियता गौरवपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्‍याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् ।

बिज्ञापन

अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान गरिएको हो । सम्मानसहित नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

बिज्ञापन

राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएलगत्तै महिला फिल्मकर्मीलाई सम्मान गर्न मन्त्री शर्मा बोर्डको चावहिलस्थित कार्यालयमा पुगेकी थिइन् । उनले फिल्मकर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।

बिज्ञापन

कुनै समय अभिनय गर्न घरबाट निस्कन कठिन हुने महिला अहिले फिल्मका विभिन्न विधामा सक्रिय हुनु गौरवको कुरा रहेको मन्त्री शर्माको भनाइ थियो । ‘अहिले छलफलमा रहेको चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समिति लगायतका निकायमा बलियो उपस्थिति गराउने छ । त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ,’ उनले भनिन् ।

निर्माण तयारीमा रहेको ऐनले ती संस्थामा महिलाको सहभागिता अनिवार्य गराउने मन्त्री शर्माको भनाइ थियो । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फिल्मकर्मीलाई प्रोत्साहन गर्न अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने आशा पनि उनले व्यक्त गरिन् ।

उक्त अवसरमा ‘चलचित्रमा नारी’ विषयमा छलफल समेत गरियो । ‘महिला सशक्तीकरणमा महिला चलचित्रकर्मीको भूमिका : हिजोआज र भोलि’ विषयमा विमर्श गरियो । उक्त सत्रमा गौरी मल्ल, झरना थापा, केकी अधिकारी र निर्देशक रक्षा सिंह राणाले छलफल गरे ।

अर्को संवादको विषय ‘नेपाली चलचित्रको सुरुवाती अवस्था, चलचित्र क्षेत्रमा महिलाको समस्या र चुनौती विषय’ छलफल गरियो । यो सत्रमा अभिनेत्री भुवन चन्द, करिश्मा मानन्धर र शिल्पा मास्केले छलफल गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव रामहरि सुवेदी, चलचित्र विकास बोर्डका सदस्यहरू रवि अधिकारी, राजु केसी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य लगायत सहभागी थिए ।

स्रोत : Online Khabar

प्रकशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज डलरको भाउ थोरै घट्यो
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
ताजा खबर
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज सुनचाँदीको भाउ साामान्य बढ्यो
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
पालिकासँग विद्यालय समायोजनको विवरण माग
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
कोशी, बागमती र गण्डकी प्रदेशको एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना